शिवनाथ पाण्डे बाहिरिएपछि सुर्या लाईफ इन्स्योरेन्सको कामु सीइओमा खड्का नियुक्त « Arthapath.com
३० कार्तिक २०७७, आईतवार

शिवनाथ पाण्डे बाहिरिएपछि सुर्या लाईफ इन्स्योरेन्सको कामु सीइओमा खड्का नियुक्त



काठमाडौं । ४ वर्षे कार्यकाल २ महिना बाकी हुँदै सुर्या लाईफ इन्स्योरेन्सको सिईओ शिवनाथ पाण्डेले राजिनामा दिएपछि संचालक समितिले डेपुर्टी जनरल म्यानेजर रहेका पवन खड्कालाई कामु सिईओमा नियुक्त गरेको छ । लाई दिइएको छ ।

खड्कालाई भोली मंसिर १ गतेदेखि कामु सिईओको जिम्मेवारी दिइएको हो । सिईओ शिवनाथ पाण्डेले यही मंसिर १ गतेदेखी लागु हुनेगरी राजिनामा दिएका थिए । कम्पनीले डेपुटी जनरल म्यानेजर खड्कालाई मंसिर १ गतेदेखि लागू हुने गरी सिईओमा नियुक्त गरेको हो ।

व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका खड्का जीवन बीम क्षेत्रमा अनुभवी व्यक्ति हुन । पाण्डेले मंसिर १ गते, सोमबारदेखि लागू हुने गरी कात्तिक १७ गते, सोमबार आफ्नो पदबाट राजीनामा दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्