अजोड इन्स्योरेन्स र मिग होल्डिङ्स लिमिटेड बीच सामुहिक दुर्घटना बीमा सम्बन्धी सम्झौता « Arthapath.com
२० माघ २०७७, मंगलवार

अजोड इन्स्योरेन्स र मिग होल्डिङ्स लिमिटेड बीच सामुहिक दुर्घटना बीमा सम्बन्धी सम्झौता



काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र मिग होल्डिङस लिमिटेड बीच सामुहिक दुर्घटना बीमा सम्बन्धि सम्झौता भएको छ ।

मंगलबार आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र मिग होल्डिङस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन थापा ले सहमतिपत्रमा हस्ताक्षर गर्नु भएको हो ।

सहमतिसंगै अजोड इन्स्योरेन्स लिमिटेडबाट मिग होल्डिङस लिमिटेडका सम्पूर्ण कर्मचारीहरु तथा लगानीकर्ताहरुले सामुहिक दुर्घटना बीमा सम्वन्धी सेवा सुविधा अजोड इन्स्योरेन्स लिमिटेडबाट लिन सकिने मिग होल्डिङस लिमिटेडले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्