रौतहटमा अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा कार्यक्रम « Arthapath.com
२६ माघ २०७७, सोमबार

रौतहटमा अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा कार्यक्रम



काठमाडौं । अजोड इन्स्योरेन्सले कृषि तथा बाली बीमा बारे सर्वसाधारणलाई जनचेताना फैलाउने उदेश्यले घुम्ती बीमा कार्यक्रम गरेको छ । कम्पनीले रौतहट जिल्ला यमुनामाई गाउँपालिका वडा नं. ५ मा सोमबार घुम्ति बीमा कार्यक्रम गरेको छ ।

कार्यक्रममा यमुनामार्य गाउँपालिका वडा ५ का वडाध्यक्ष सर्फलाल यादवको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरेको छ । कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत राम श्रेष्ठ राय यादवको उपस्थिती रहेको थियो ।

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाको अध्यक्षतामा भएको घुम्ती बीमा सेवा कार्यक्रम सफलता पुर्वक सम्पन्न भयो । कम्पनीले बीमाको पहँुच तथा जनचेतना विकास गर्ने उद्देश्यले संचालित उक्त कार्यक्रममा स्थानीय स्तरवाट व्यापक जनसहभागीता हुनुका साथै कृषि तथा पशुपन्छी बीमालेखहरु जारी गरीएको छ ।


प्रतिक्रिया दिनुहोस्