एशियन लाइफ इन्स्योरेन्सले ल्यायो ‘एशियन सुरक्षा प्लस (म्यादी)’ जीवन बीमा योजना, के–के छन विषेसता ? « Arthapath.com
२९ माघ २०७७, बिहीबार

एशियन लाइफ इन्स्योरेन्सले ल्यायो ‘एशियन सुरक्षा प्लस (म्यादी)’ जीवन बीमा योजना, के–के छन विषेसता ?



काठमाडौं । पछिल्लो समय बजारमा आक्रामक रुपमा व्यापार विस्तारमा लागेको एशियन लाइफ इन्स्योरेन्सले नयाँ जिवन बीमा योजना ल्याएको छ । थोरै बीमाशुल्कमा आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मेरो सुरक्षा कवच नाराको साथ आकर्षक एवम् नविनतम जीवन बीमा योजना “एशियन सुरक्षा प्लस (म्यादी) जीवन बीमा योजना सार्वजनिक गरेको छ ।

कम्पनीको प्रधान कार्यालयमा बिहीबार संचालक समितिको अध्यक्ष दिपक कुमार श्रेष्ठलगायत संचालक समिति सदस्यहरुको उपस्थितिमा युक्त बीमा योजना सार्वजनिक गरिएको हो । युक्त योजनामा १६ वर्षदेखि ६४ वर्ष उमेरसम्मको व्यक्तिले न्यूनतम २५,०००।– देखि अधिकतम आफ्नो आय श्रोतको आधारमा बीमाङ्क रकम चयन गर्न सक्नेछन् ।

न्यूनतम १ वर्षदेखि अधिकतम १५ वर्षसम्मको लागी जारी हुने यस बीमा योजना अन्तर्गत बीमाशुल्क भुक्तानीको लागी एकल, नियमित र सीमित भुक्तानीमध्ये कुनै एउटा विकल्प रोज्न सकिनेछ । यसले गर्दा बीमाशुल्क भुक्तानीमा बीमितलाई सहजता दिने कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत बीमा अवधिभित्र बीमितको निधन भएमा बीमांक रकम भुक्तानी दिइनेछ । बीमा अवधिभित्र बीमित जीवितै रहेको अवस्थामा कुनै पनि रकम प्रदान गरिनेछैन ।

यस योजनामा देहाय बमोजिमको ऐच्छिक सुविधा लिन सकिने व्यवस्था समेत रहेको छः
दाह संस्कार खर्च
दुर्घटना मृत्यु लाभ
दुर्घटना मृत्यु लाभ,स्थायी अपाङ्ग /अशक्त सुविधा बीमाशुल्क छुट सुविधा

एशियन सुरक्षा प्लस (म्यादी) जीवन बीमा योजना सार्वजनिक गरेको आजकै दिनमा उक्त योजना अन्तर्गत देशभर रहेका ४० वटा शाखा कार्यालयहरुबाट ५,३०१ वटा म्यादी बीमालेखहरु एकै दिनमा जारी गरिएको छ । अभिकर्ता तथा बीमितहरुले यस योजनाप्रति निक्कै चासो देखाएको कम्पनीले जनाएको छ ।

५ अर्ब अधिकृत पूँजी, २ अर्ब १ करोड चुक्ता पूँजी रहेको यस कम्पनीको २०७७ पुस मसान्तसम्म जीवन बीमा कोष २४.७१ अर्ब रहेको छ । साथै कम्पनीले पुस मसान्त सम्ममा ३ सय १७ अर्ब बीमा शुल्क आर्जन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्