रि–इन्स्योरेन्सको आवश्यकताबारे अध्यायन गर्न शर्माको संयोजकत्वमा बन्यो समिति, नयाँ कम्पनीले पाउला त लाइसेन्स ? « Arthapath.com
१७ फाल्गुन २०७७, सोमबार

रि–इन्स्योरेन्सको आवश्यकताबारे अध्यायन गर्न शर्माको संयोजकत्वमा बन्यो समिति, नयाँ कम्पनीले पाउला त लाइसेन्स ?



काठमाडौं । बजारमा नयाँ पुर्नबिमा कम्पनीको लाइसेन्स पाउने नपाउन चर्चा चलिरहेकै बेला बीमा समितिले एक अध्यायन समिति बनाएको छ । बीमा समितिका विज्ञ भोजराज शर्माको संयोजकत्वमा ३ सदसस्यीय समिति गठन गरेको छ ।

‘आइतबार हामीलाई पत्र आएको छ, नवगठित समितिका एक प्रतिनिधिले भने ।’ अन्नपुर्ण रि–इन्स्योरेन्स कम्पनीले लाइसेन्सको लागी आवेदन दिएको छ । सो प्रक्रिया अगाडी बढाउन एक अध्यायन समिति बनाएको हो । बीमा समितिका विज्ञ भोजराज शर्माको संयोजकत्वमा बीमक संघका अध्यक्ष दिपप्रकाश पाण्डे र चाटर्ड एकाउन्टेन सुजन आचार्य रहेको समिति बनेको हो ।

समितिले बुधबारदेखीनै काम थाल्ने बताइएको छ । समितिलाई अहिले बजारमा पुर्नबिमाको स्थीतिको विष्लेशण, नेपालमा पुर्नबिमाको प्रर्फमेन्स र अर्को कम्पनी आवश्यक छ छैन मुल्याङ्कन गर्न भनिएको छ । अर्थ मन्त्रालयको आग्रहमा बीमा समितिमा नयाँ अध्यक्ष आएपछि समिति गठन गरिएको हो ।

२०७७ असारमै तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाको इन्टेष्टमा १० अर्ब रुपैयाँ लगानीमा नयाँ बीमा कम्पनी खुल्ने गरी दर्ता प्रक्रिया सुरु भएको थियो । प्रस्तावित अन्नपूर्ण रिइन्स्योरेन्स लिमिटेडमा ७ अर्ब ५० करोड प्रर्वधकको तर्फबाट र सर्बसाधारणको लगानी २ अर्ब ५० करोड पुँजी रहनेगरी प्रस्ताव गरिएको थियो । सो कम्पनी ल्याउन डा. उपेन्द्र महत्तो, उनका भाई डा. बीरेन्द्र महत्तो, शंकर ग्रुपका कार्यकारी अध्यक्ष शाहिल अग्रवाल लागिपरेका छन । सरकारले नयाँ पुर्नबिमा कम्पनी आवश्यक रहेको बताउँदै आएको थियो ।

नयाँ अध्यक्ष बनेर शिलवाल समितिको अध्यक्ष बनेलगत्तै नयाँ लाइसेन्सको प्रक्रिया सुरु गरिनुले सरकार नेपाल रिइन्स्योरेन्सको सौता कम्पनी खोल्न लाइसेन्स दिने तयारीमा देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्