युनियन लाइफले तेस्रो वार्षिक साधारणसभा जेठ ११ गते बोलायो, यस्ता छन् एजेण्डा « Arthapath.com
२१ बैशाख २०७८, मंगलवार

युनियन लाइफले तेस्रो वार्षिक साधारणसभा जेठ ११ गते बोलायो, यस्ता छन् एजेण्डा



काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले जेठ ११ गते तेस्रो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको बैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो बार्षिक साधारण सभा जेठ ११ गते रुपन्देहीको रजिष्ट्रार कार्यालयमा बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०७५–०७६ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यस्तै, आर्थिक वर्ष २०७५–०७६ को लेखापरिक्षणको प्रतिवेदन वासलात तथा वित्तीय विवरण माथि छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, सभाले हाल बाहलवाला लेखापरिक्षक एलएसपी एसोसिएट्स चार्टर्ड एकाउन्टेण्टस् लाई पुनः नियुक्त गर्ने छ । सभामा स्वतन्त्र विज्ञ संचालकको नियुक्ति अनुमोदन गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्