हिमालयन बन्यो दोस्रो पुर्नबीमा कम्पनी, जसको लागी प्रक्रिया उसैले पायो एलओआई « Arthapath.com
१७ जेष्ठ २०७८, सोमबार

हिमालयन बन्यो दोस्रो पुर्नबीमा कम्पनी, जसको लागी प्रक्रिया उसैले पायो एलओआई



काठमाडौं । बीमा समितिले नयाँ १ पुर्नबीमा कम्पनीलाई लाइसेन्स दिएको छ । बीमा समितिले नयाँ पुर्नबीमा कम्पनीको लागी बैशाख १६ गते आवेदन दिन आह्वान गरेको थियो । १ महिनाको अवधीमा १ नयाँ पुर्नबीका कम्पनीले लाइसेन्सको लागी सैद्धान्तिक सहमती पाएको छ ।

जेठ १६ गते आइतबार बसेको बीमा समितिको बैठकले हिमालयन रि–इन्स्योरेन्स कम्पनीलाई नयाँ पुर्नबीमा कम्पनीको लाइसेन्सको लागी सैद्धान्तिक सहमती दिने निर्णय गरेको छ । बीमा समितिले आह्वान गरेको प्रश्तावमा हिमालयनसँगै अन्य ४ कम्पनीले आवेदन दिएका थिए । पुडेन्सियल, काठमाडौं, अन्नपुर्ण, जेन्यून र हिमालयनले नयाँ पुर्नबीमाको लागी आवेदन दिएका थिए ।

बीमा समितिले यसअघि दर्ता भएका भन्दा बाहिरबाट नयाँ कम्पनीलाई लाइसेन्स दिएको छ । सरकारको निर्देशनमा बीमा समितिले सिंहदरवारसंग एक्शिस भएका व्यावसायीक समुहलाई लाइसेन्स दिएको छ । यसअघिका बीमा समिति अध्यक्ष चिरन्जीवि चापागाईँको कार्यकालमै दर्ता भएका अन्य ४ ओटा कम्पनीमध्येबाट लाइसेन्स नदिएर नयाँ प्रक्रियाको नाटक मन्चन गरेको बीमा क्षेत्रका विज्ञहरुले बताएका छन ।

नयाँ अर्को कम्पनी थप्नैकोलागी बीमा समितिले अध्यायन समितिदेखी आवेदनसम्मको नयाँ प्रक्रिया अपनायो । अन्तिम आवरमा आएर दर्ता गरेको हिमालयन रिले लाइसेन्स पाएको छ ।

को–को छन प्रवद्र्धक ?
लाइसेन्स पाएको हिमालयन रि–इन्स्योरेन्सको कोअर्डिनेटर जगदम्बा ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल रहेका छन । सुलभका भाई शाहिल अग्रवाल र लगानी बोर्डका सीईओ रहेका शुशिल भट्टका भाई दिपक भट्टहरुकै अगुवाईमा नयाँ रिइस्योरेन्स दर्ता भएको थियो । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष भवानी राणा र पुर्व अध्यक्ष पशुपति मुरारका प्रर्वद्धक रहेको बताइएको छ । अन्य लगानीकर्ताहरुमा नेपाल उद्योग परिसंघका अध्यक्ष तथा व्यवसायी सतिश मोर, दुगड ग्रुपका विकास दुगड, विवेक दुगड, रोहित गुप्ता लगायतको लगानी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्