अब पुनर्बीमामा पनि ब्रोकर, बीमा समितिले जारी गर्यो निर्देशिका « Arthapath.com
२६ जेष्ठ २०७८, बुधबार

अब पुनर्बीमामा पनि ब्रोकर, बीमा समितिले जारी गर्यो निर्देशिका



काठमाडौं । अब नेपालमा पुनर्बीमा दलाल कम्पनी खोल्न बाटो खुलेको छ । बीमा समितिले पुनर्बीमा दलाल (ब्रोकर) सम्बन्धी निर्देशिका जारी गरेपछि यस्ता कम्पनी स्थापनाको आधार तयार भएको हो । बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरुबीच मध्यस्थता गर्ने र कतिपय बीमा व्यवसायसम्बद्ध विषयमा परामर्श सेवा दिनेगरी यस्ता कम्पनी खोल्ने तयारी भएको हो ।

उक्त निर्देशिका जारी भएसँगै अब बीमा समितिले पुनर्बीमा ब्रोकरको लाइसेन्सका लागि कम्पनीहरुलाई आह्वान गर्ने बताएको छ । समितिले देशभित्रै दोस्रो पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिने निणर्य गरेको केहि दिनमै पुनर्बीमा ब्रोकरको लाइसेन्स खोल्ने तयारी थालेको हो ।

उक्त निर्देशिकाले नेपालीमात्र नभइ विदेशी पुनर्बीमा ब्रोकर कम्पनीलाई समेत नेपालमा शाखा वा सम्पर्क कार्यालय स्थापना गर्ने बाटो खोलेको छ । यसले पुनर्बीमा ब्रोकरमा पनि नयाँ प्रतिस्पर्धात्मक बजार तयार हुने समितिका अधिकारीले बताएका छन् ।

पुनर्बीमा-दलाल-ब्रोकर-सम्बन्धी-निर्देशिका-२०७८


प्रतिक्रिया दिनुहोस्