भदौ १ गतेबाट बीमा कम्पनीमा ‘गो एएमएल’ अनिवार्य « Arthapath.com
१५ श्रावण २०७८, शुक्रबार

भदौ १ गतेबाट बीमा कम्पनीमा ‘गो एएमएल’ अनिवार्य



काठमाडौं । बीमा कम्पनीहरुले भदौ १ गतेदेखि अनिवार्य रुपमा ‘गो एएमएल’ सफ्टवयरमार्फत् वित्तीय कारोबारको रिपोर्टिङ गर्नुपर्ने भएको छ । बीमा समितिले साउनदेखि नै उक्त सफ्टवयरमा रिपोर्टिङ गर्नुपर्ने व्यवस्था गरेको भए पनि बीमा कम्पनीका कर्मचारीलाई तालिम दिनुपर्ने भएकाले एक महिनाको समय दिइएको समितिले जनाएको छ ।

अहिले बीमा समितिले विभिन्न बीमा कम्पनीका कर्मचारीलाई उक्त सफ्टवयर प्रयोग गर्नेबारे तालिम दिइरहेको छ । संयुक्त राष्ट्र संघको लागुऔषध तथा अपराधसम्बन्धी कार्यालयले निर्माण गरेको उक्त सफ्टवयर विश्वभर राज्यका निकायले वित्तीय अनुसन्धानमा प्रयोग गरिरहेका छन् ।

यो सफ्टवयरको प्रयोग पछि बीमा कम्पनीले गर्ने वित्तीय कारोबारको सूचना तत्कालै नेपाल राष्ट्र बैंकमा भएको वित्तीय सूचना एकाइमा पुग्छ । कानून अनुसार १० लाखभन्दा बढी रकमको कारोबार एकै पटक हुँदा त्यस्तो कारोबारलाई उक्त एकाईले अनुसन्धान गर्न सक्छ । ठूलो रकम एकल प्रिमियमबाट तिर्दा वा आयस्रोतभन्दा बढी रकमको बीमा गर्दा पनि यस्तो सूचनामा अब राज्यले छानबिन गर्न सक्छ ।


प्रतिक्रिया दिनुहोस्