३ वर्ष लगातार नाफा कमाएको रिलायबल लाइफले ११२ रुपैयाँ प्रिमियम थपेर आइपिओ निस्कासन गर्दै, बीमा क्षेत्रमै पहिलो छलाङ « Arthapath.com
२० श्रावण २०७८, बुधबार

३ वर्ष लगातार नाफा कमाएको रिलायबल लाइफले ११२ रुपैयाँ प्रिमियम थपेर आइपिओ निस्कासन गर्दै, बीमा क्षेत्रमै पहिलो छलाङ



काठमाडौं । नेपालको बीमा बजारमै पहिलोपटक रिलायव नेपाल लाइफ इन्स्योरेन्सले ११२ रुपैयाँ प्रिमियम थपेर आइपिओ निस्काशन गर्न लागेको छ । अन्य बीमा कम्पनीको आइपिओ सेयर १०० रुपैयाँमा पाएका सर्वसाधारणले रिलायवलको आइपिओमा भने अव प्रतिकित्ता २१२ रुपैयामा खरिद गर्नुपर्नेछ ।

रिलायवल लाइफ इन्स्योरेन्सले ११२ रुपैयाँ प्रिमियममा सेयर निस्कामसन गर्न पाउँ भन्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । ‘हामीले एक साताअघिनै प्रिमियममा सेयर निस्काशनको लागी आवेदन दिएका छौं, आगामी १ महिनाभित्रै सर्वसाधारणमा सेयर जारी गर्छौं ।’ रिलायवल लाइफका सीईओ नारायणबाबु लोहनीले भने ।

रिलायवल लाइफले ६० लाख कित्ता सेयर निस्कासनको तयारी गरेको छ । कम्पनीको नेटवर्थ १०६ रुपैयाँ रहेको छ । शेयर निष्काशन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । बीमा क्षेत्रमा हालसम्म कुनैपछि कम्पनीले प्रिमियममा आइपिओ निस्कासन गरेका छैनन् । रिलायवलले लगातार ३ आर्थिकवर्षसम्म नाफा कमाएको थियो । सर्वसाधारणलाई सेयर निस्काशन पनि कम्पनीको चुक्तापुँजी २ अर्व पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्