रिलायबल लाइफको अधिकांश सूचकमा सुधार, नाफा ५.३९ प्रतिशत बढ्यो, बीमालेख संख्या १०६ प्रतिशत बृद्धि « Arthapath.com
२७ श्रावण २०७८, बुधबार

रिलायबल लाइफको अधिकांश सूचकमा सुधार, नाफा ५.३९ प्रतिशत बढ्यो, बीमालेख संख्या १०६ प्रतिशत बृद्धि



काठमाडौं । प्रिमियमा आईपीओ निष्कासन गर्ने तयारीमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ५.३९ प्रतिशत बढेर २२ करोड ५९ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको खुद नाफा २१ करोड ४३ लाख रुपैयाँ आर्जन गरेको छ । गत असार मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन ८८ प्रतिशत बढेर २ अर्ब ९५ करोड गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले खुद बीमा शुल्क आर्जन १ अर्ब ५७ करोड रुपैयाँ गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन ८८.०३ प्रतिशत बढेर ३ अर्ब १ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन १ अर्ब ६० करोड रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनीको कुल कायम बीमालेख संख्या १०६.१० प्रतिशत बढेर ३६ लाख ९६ हजार रहेको छ । अघिल्लो आवको सोही अवधिमा कुल कायम बीमालेख संख्या १७ लाख ५१ हजार थियो । ्

गत असार मसान्तसम्म कम्पनीको चुक्ता पूँजी स्थिर रहेर १ अर्ब ४० करोड रुपैयाँ, जगेडा कोष ३१ प्रतिशत बढेर ८४ करोड ३५ लाख रुपैयाँ, जीवन बीमा कोष १२०.८९ प्रतिशत बढेर २ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको दिर्घकालिन कर्जा ११६.६५ प्रतिशत बढेर ३ अर्ब ९३ करोड रुपैयाँ गरेको छ । बीमालेख धितो कर्जा ४५६.५८ प्रतिशत बढेर ६ करोड २८ लाख रुपैयाँ दिएको छ ।

कम्पनीले गत असार मसान्तसम्म खुद दाबी भुक्तानी १२३.६३ प्रतिशत बढेर ६७ करोड ९८ लाख रुर्पयाँ गरेको छ । अभिकर्ता कमिसन पनि ६९.७८ प्रतिशत बढेर ४२ करोड ७६ लाख रुपैयाँ छ । कम्पनीको ८३ पैसा बढेर प्रतिशेयर आम्दानी १६ रुपैयाँ १४ पैसा रहेको छ । कम्पनीको नेटवर्थ १६५ रुपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस्