आइएमई लाइफद्वारा घातक रोग बीमाङ्कको २५ लाख रुपैयाँको भुक्तानी « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

आइएमई लाइफद्वारा घातक रोग बीमाङ्कको २५ लाख रुपैयाँको भुक्तानी



काटमाठौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रदेश नं. ३, हेटौडा शाखा कार्यालयबाट वि.स. २०७६ माघ २९ गते आइएमई धन सरिता ( वार्षिक अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना र सो योजना अन्तर्गत घातक रोगको रक्षावरण समेत हुने गरी बीमाङ्क रकम रू २५ लाख रुपैयाँ बराबरको बीमा गर्नुभएका हिमाल पौडेललाई कम्पनीले उक्त रकम भुक्तानी गरेको छ ।

बीमा गरेको करिब १४ महिनाको अवधिमा नै क्यान्सर (Ampullary Carcinoma) प्रमाणित भएका बीमितलाई कम्पनीले उक्त दाबी भुक्तानी गरेको हो । कम्पनीले पछिल्लो समय विभिन्न २१ घातक रोगहरु विरुद्ध रक्षावरण हुने बीमालेख योजना ल्याएको छ ।

कम्पनीले दाबी भुक्तानी प्रकृया सहज बनाई छिटो तथा प्रभावकारी ढंगगबाट दावी भुक्तानी फछ्र्यौट गर्ने लक्ष्य लिएको प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले जानकारी दिनुभयो । वहाँले दाबी भुक्तानी समयमा नै हुँदा बीमित तथा आश्रित परिवारहरुलाई बीमा वापतको लाभ समयमा उपलब्ध हुने, आर्थिक स्तरमा समेत थप सहयोग हुने र जीवन बीमाप्रति थप भरोसा रहने जानकारी दिनुभयो ।

निवेदन प्राप्त भएको १५ दिनभित्र कम्पनीले उक्त दाबी भुक्तानी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्