सिटिजन लाइफले वैदेशिक रोजगारिमा मृत्यु भएकाकाे परिवारलाई दियाे १३ लाख दाबी भुक्तानी

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स बुटवल शाखाले वैदेशिक रोजगार मृत्यु दाबि भुक्तानी बापत १३ लाख रुपैयाँ बराबरको रकम भुक्तानी गरेको छ।
रोजगारिको सिलसिलामा विदेश गएका डिलबहादुर रेग्मीको न्युराेसंबन्धी समस्याकाे कारणबाट मृत्यु भएकोले दाबी भुक्तानी बापत बिमाङ्क रकम १०,००,००० (दस लाख) भुक्तानी दिएकाे हाे । कम्पनीले मृतककाे दाह संस्कारको लागि खर्च १,००,०००(एक लाख) र आय नोक्सानी वापतको रकम २,००,०००(दुई लाख) गरि कुल जम्मा १३,००,००० ( तेह्र लाख ) बिमितको श्रीमती कमला देवि रेग्मीलाई उक्त रकम हस्तान्तरण गरिएको हो।
कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका चिफ विजनेश अफिसर सुनिल पोखरेलले कम्पनिले परिवारका सदस्यलाई बिमा बापतको रकम हस्तान्तरण गर्दै सो रकमले परिवारका आश्रीत सदस्यको स्तरीय जिवनयापनका साथै सन्ततिको उच्च शिक्षा एवम् अन्य काम गर्न सहयोग हुने उल्लेख गरे । सानो रकम बचत गरेर परेका वेला जोखिम समेत वहन गर्न सक्ने रहेकाले बिमा सम्बन्धि चेतना बढाउनु पर्नेमा उहाले जोड दिनु भयो।
त्यसै गरि क्षेत्रीय शाखा प्रबन्धक दुर्गाराज ढकालले विमित अभिकर्ता लगायत अन्य सरोकार वालाहरुलाइ गुणस्तरीय सेवा प्रदान गर्न सदैव प्रतिबद्ध रहेको र सो लाई आगामि दिनमा समेत निरन्तरता दिइने बताए । सबै नेपालिले बिमा गर्नु आवश्यक रहेको र बिमाको पहुच र बिमाको महत्त्ववारे प्रकाश पार्नुको साथै कम्पनिले दाबि भुक्तानी छिटो र सहज तरिकाले गरेको बताउनु भयो ।