‘बारम्बार आइरहने प्राकृतिक विपत्तिले विदेशी पुनर्बीमाका लागी नेपालको बजार घट्दो छ’ « Arthapath.com
१६ भाद्र २०७८, बुधबार

‘बारम्बार आइरहने प्राकृतिक विपत्तिले विदेशी पुनर्बीमाका लागी नेपालको बजार घट्दो छ’



कमल गौतम
प्रमुख कार्यकारी अधिकृत
, एभरेस्ट इन्स्योरेन्स लि.

– राष्ट्र बैङ्कले नियन्त्रण नगरेको भए नेपालमा १०० ओटा बैङ्क भइसक्थे ।
– कोरोना बीमाको प्रडक्ट ल्याउँदा सरकारको राष्ट्रिय प्राथमिकता र बजेटमा ल्याएकै हो ।


दुई दशकभन्दा बढी बैङ्किङ क्षेत्रमा काम गरेर साँढे ४ वर्ष अघि एभरेस्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको नेतृत्वमा पुगेका छन्, कमल गौतम । बैङ्किङ क्षेत्रलाई राष्ट्र बैङ्कको लगामले कम्पनीहरूको सङ्ख्या बढ्न पाएन । तर बीमा कम्पनीको लाइसेन्स भने जति पनि बाँडिएको छ । यसले वित्तीय क्षेत्रमा अझै पनि जोखिमको घण्टी साम्य नभएको गौतम बताउँछन् । उनै गौतमसँग नेपालको बीमा बजार, पछिल्लो प्रवृत्ति र बीमाबारेका नीतिगत अपेक्षामा अर्थपथले गरेको कुराकानीको सार ।

अहिले बीमा बजारको च्यालेन्जहरु के–के छन् ?

ननलाईफ इन्स्योरेन्सको मुख्य च्यालेन्ज भनेको बिजनेस नै हो । बिजनेस इज नट सफिसेन्ट । कम्पनीको जति क्यापिटल हो, रिजर्भ हो । त्यो टोटल गरेर हेर्ने हो भने आफै थाहा पाइन्छ बिजनेस कम छ भन्ने । क्यापिटल कति छ, वार्षिक हामीले गर्ने बिजनेस कति छ भनेर हिसाब राख्नुपर्छ । किनभने हाम्रो ब्यालेन्ससिटहरु ट्रान्सफरेन्स छ । वार्षिक, क्वाटली रिपोर्ट हामीले सार्वजनिक गरिरहेका हुन्छौँ । त्यसमा बीमा समिति लगायत सबैले हेरिरहेकै हुन्छन् ।

लगातार ७ दिन भयो पानी परिरहेको छ, इन्स्योरेन्स कम्पनी सबैको निद्रा खलबलिएको छ । हामीले गर्ने सबै इन्स्योरेन्सेको रिइन्स्योरेन्स हुन्छ तर पुनर्बीमाले पनि त्यहाँ बसेर नेपालको मार्केट, नेपालको बीमामा कतिको जोखिम छ, त्यहाँबाट पैसा कमाउने स्थिति छ की छैन हेरिरहेको हुन्छ । कहिले भूकम्प आउँछ, तराइमा डुबान र पहाडमा पहिरो आउँछ । यसले गर्दा हरेक वर्ष क्षति हुन्छ ।

त्यस्तै, अहिले बीमामा ह्युमन रिसोर्सको पनि अभाव रहेको छ । अझै पनि नेपालको कन्टेन्टमा स्किल म्यानपावरको कमी छ । अरू रेगुलेटरी प्रोवलमहरु पनि छन् । नेपालको बीमालाई रेगुलेट गर्नका लागि विद्यमान नियम, ऐन कानुन, संरचनाहरू सफिसेन्ट छन् की छैनन् ? बीमा बजारलाई जहाँसम्म पुर्‍याउन राज्यले विद्यमान बीमा ऐन, बीमा समितिलाई दिएका अधिकारहरू यी सबैलाई परिमार्जन गर्नु जरुरी छ ।

डुब्न लागेको एभरेस्ट इन्स्योरेन्सलाई नाफा कमाउने बनाउन के–के गर्नुभयो ?
कम्पनीलाई यहाँसम्म पुर्‍याउनका लागि के–के गरे भन्ने त सबै कुराहरू पारदर्शी छन् । भूमिगत कुराहरू केही पनि छैनन् । मेन कुरा हरेक ठाउँमा व्यवस्थापन गर्नु हो, म्यानेजमेन्ट सोलुसन नै हो । दुई वटा ठुला च्यालेन्ज थिए । एउटा पुँजी संरचना मिलाउनु, अर्को रेगुलेटेड च्यालेन्ज । पुँजी नाफा गरेर आफूले कमाएर पुर्‍याएका होइनौ, सेयर होल्डरको सहयोगले हो । यो कम्पनीलाई रेगुलेटरी च्यालेन्जबाट रेगुलेटरी कम्लाइन्ट्समा ल्याइयो । बीमा बजारमा केही नयाँ कम्पनी पनि आए, यसले नयाँ चुनौती थपिए । हाम्रो बीमा बजार सानो छ, पुँजी ठुलो छ । त्यसमा पनि नम्बर अफ प्लेट थपिदा पनि नयाँ च्यालेन्ज थपिए ।

नेपाल सरकारले अहिलेको बजेटमा पनि घर बीमा गर्दा केही ट्याक्स छुट दिएको छ । ५ हजारसम्मको लाई । जो मान्छे ट्याक्सको प्याकेटमा आउँछन् घर बैङ्कमा राखेका छन्, भने बीमा पनि गरेका छन् । ट्याक्स तिर्ने जनसङ्ख्या कति छ त ? ट्याक्स नै नतिर्नेलाई ट्याक्समा खर्च घट्छ भनेर हुँदै नभएको यी कुराहरूले भएको छ । बीमाको जनचेतना भूकम्पपछि धेरै बढेको छ । हरेक पटकको बाढी आउँदा बीमा गर्नुपर्छ भन्ने जनचेतना छ । तर पनि हामीले सोचे जति बीमा बजार बढेको छैन । जति हामीले पुँजी बढायौ, जति सङ्ख्यामा बीमा कम्पनी आयो त्यो हिसाबले बीमा बजार नबढ्नुको चुनौती छ । त्यो चुनौती भनेको कम्पनीले प्रोफिट गर्न नसक्नु, सेयर होल्डरहरूलाई पुँजीको यथोचित प्रतिफल दिन नसक्ने अवस्था छ । भने अर्कोतिर बीमा क्षेत्रले आफ्ना कर्मचारीलाई कम्पिटेटिभ भएर राम्रो सुविधा दिन नसक्दा मार्केटबाट एकदम कम्पिटेटिभ म्यानपावरलाई आकर्षित गर्न पनि गाह्रो छ ।

यो कम्पनीको पुरानो समस्या समाधान भइसकेको हो ?
सबै समस्या समाधान भएको जस्तो छ । तर अमूर्त समस्याहरू पनि केही हुन्छन् नि । मूर्त समस्या सबै हराए । नेपालमा भूकम्प आयो भूकम्प आएर भएका समस्याहरू सबै सिद्धिएको जस्तो देखिन्छ । तर त्यो भूकम्पले कति धेरै मान्छेको जनजीवनमा ल्याएका समस्याहरू नजाने छन् नि त । त्यहिभएर लामो समय दीर्घकाल असर रहन्छ । तर सबै समाधान भइसकेको छ ।

इन्स्योरेन्सका च्यालेन्ज बढेपछि मर्जर आवश्यकता भएको हो ?
मर्जर भएर कम्पनी घट्यो भने बीमा समितिलाई रेगुलेट र रेगुलेट गर्न सजिलो हुन्छ । मर्जरलाई कलोज्ली मोनिटर अहिले २० वटा कम्पनी छौँ, १३० अर्बको पुँजी छ । मर्ज भए पनि त्यो पुँजी त घट्दैन । बीमा कम्पनी २० वटा बाट १० वटा हुनेवित्तीकै सञ्चालक समिति पनि आधा भए, सीईओ पनि आधा भए, सबै हिसाबले डिल गर्न हुन्न अलिकति खर्च पनि कम होला । अब नयाँ लाइसेन्स दिनु भएन ।

बीमामा मर्जर आवश्यक छ ?
मर्जरले केही समस्या समाधान गर्छ, केही हदसम्म । अस्वस्थ प्रतिस्पर्धालाई केही हदसम्म करेक्सन गर्ला तर मार्केटमा जुन बीमाको बजारको विस्तार हो त्यो कुरालाई त गर्दैन । तर मर्जर गर्नलाई लगानीकर्ताहरूलाई मर्जर गरेर इमिडेट्ली हुने बेनिफिटहरु योभन्दा बढी प्रतिस्पर्धा हुँदैन भन्ने क्लियर हुनुपर्छ । ताकि उहाँहरू मर्जरका लागि तयार हुन सक्छन् ।

नयाँ कम्पनी पनि दर्ता भइरहेका छन् बजारमा ?
म आफूलाई बीमा बजारको विज्ञ त ठान्दिन किनभने २७ वर्ष बैङ्किङ गरेर आएको हुँ । तर पनि सीईओ भएको धेरै मान्छेहरू इन्भेष्टरहरु मलाई सोध्नुहुन्छ, के बीमामा लगानी गर्न उचित छ ? बजारमा अझै पनि नयाँ बीमा कम्पनीहरू ल्याउने, आउने भन्ने हल्ला छ ।
अहिले बजारको मुख्य समस्या भनेको सेयर बजार नै हो । सेयर बजारमा विभिन्न कम्पनीका सेयरहरू एक हजार, १२ सय देखी १९ सयसम्ममा विक्री भइरहेका छन् । मान्छेहरूले १६ गुणासम्म फाइदा भयो भनिरहेका छन् । लगानी गर्ने मन्छेले एनालाइसिस गरेर वास्तविक रिटर्न कति छ ? बिजनेस भोल्युन के छ सबै हेरेर लगानी गर्नुपर्नेमा हल्लाको भरमा लागेका छन् । यो गलत हो । हिजो बैङ्किङमा त्यै थियो । त्यो बेला राष्ट्र बैङ्कले कन्ट्रोल नगरेको भए नेपालमा १०० ओटा बैङ्क भइसक्थे । बेकिङमा लगानी गर्ने मान्छेले  आज जग्गामा लगानी गरेको भए कति गुणा नाफा कमाउँथ्यो कल्पना गर्नुस् त ।

बीमा कम्पनीको शेयरमा ओभरप्राइसिङ (अधिमूल्य) भएको हो ?
ओभरप्राइसिङ केहीमा पनि छैन । केही उब्जनी गर्न नमिल्ने काठमाडौँको जग्गालाई करोडौँ पर्ने भयो । हामीले ५० हजार आनामा किनेको जग्गा ४०/५० लाख पुगिसक्यो । १० वर्षमा कसरी जग्गाको भाउ बढ्यो हेर्नुहोस् त । शेयरको मूल्य १० गुणा त बढ्यो नि । कम्पनीको प्रतिफल त्यो स्तरमा छ त ?

बीमा कम्पनीको नाफा वास्तविक बीमा व्यवसायबाट नभएर शेयर बेचेर बढ्यो, भन्दा के हुन्छ ?
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ११/१२ सयबाट ३ हजार पुग्दा समग्र बजारलाई कसरी प्रभाव पर्यो भनेर हेर्नु पर्छ । जीवनभर काम नलाग्ने आइपिओ खुल्दा पनि यति धेरै आकर्षण बढेको छ । जलविद्युत् कम्पनीको शेयर मूल्य कहाँ पुगे ? जलविद्युत् कम्पनीहरू गलत हुन् भन्ने मेरो मान्यता होइन ।
तर बजारमा बुझाइ त्यै थियो । बीमामा पनि वास्तविक बीमा व्यवसायबाट कमाइ नभएको होइन । औसत १५ प्रतिसतको वृद्धि (ग्रोथ) छ । जम्मा ३२ अर्बको प्रिमियम सङ्कलन हुन्छ । बीमाको १५ प्रतिसतको ग्रोथले झन्डै ५/६ वर्षमा त दोब्बर हुन्छ । पुँजी बढेको धेरै भएको छैन, ४ वर्ष भयो ।
पुँजी २५ करोडबाट १०० करोड बनाइयो । अहिलेको बीमाका समस्या भनेको विदेशी पुर्नबीमाको लागि नेपालको बीमा बजार त्यति आकर्षक भइरहेको छैन । पुर्नबीमा हाम्रोभन्दा कमजोर बजारतिर पो गयो कि भन्ने लाग्छ । पुर्नबीमाको बजारमा भोलि दाबी गर्दा आउने हुनुपर्यो  ।

बढी लाभांश दिने दबाब कत्तिको छ ?
खुद नाफालाई हेर्ने हो भने १५/२० देखी ३० प्रतिसतसम्म दिने कम्पनी पनि छन् । बीमामा कमाएको जति सबै बाँड्न पनि पाइँदैन । झन्डै ५० प्रतिशत बीमा कोषमा राख्नुपर्छ । अहिले पनि दुई ओटा लेखा प्रणाली (अकाउन्टीङ सिस्टम) एउटा नेशनल एकाउन्टीङ सिस्टम छ । अर्को एनएफआरएस पनि छ । यसले गर्दा पनि नाफामा असर परेको छ ।

निर्जीवन बीमा कम्पनीले कोरोना बीमाको पैसा दिन नसक्दा बीमाप्रति जनविश्वास घटेको हो ?
जनविश्वास घटेको भन्दा पनि बीमा गरेर बीमाको पैसा बीमितले नपाउनु भनेको ख्याल–ख्याल कुरा होइन । बीमा भनेको धेरै मान्छेबाट प्रिमियम सङ्कलन गरेर त्यै पैसाले दाबी तिर्ने हो ।

सामान्यतया महामारीको बीमा कहीँ पनि हुँदैन । हाम्रा कम्पनीहरूले त्यसलाई पनि स्वीकार गरे । कोरोना बीमाको पैसा किन आएन, भन्ने कुरा मिडियाले त छर्लङ्ग बुझेका छन् ।

कोरोना बीमाको प्रोडक्ट डिजाइन गर्दा महामारी यति धेरै बढ्छ र ठुलो सङ्कटको अवस्था आउँछ भन्ने सोचेको थिएन । तर कोरोना सङ्क्रमणको सिकार हुनेको सङ्ख्या त बाढी सरह आयो । यही कारण बीमा दाबी पनि पहिले नसोचेको स्तरमा भयो ।

यो कोरोना बीमाको प्रडक्ट ल्याउँदा सरकारको राष्ट्रिय प्राथमिकतामा र बजेटमा पनि परेको थियो । सरकारले आफ्नो दायित्व व्यवस्थापन गर्न यस मानेमा सक्षम भएन । तर हामीले सुरुमै सरकारलाई विश्वास नगर्ने कुरा हुन सक्दैन । बीमाको विश्वास बढाउन दाबी समयमै भुक्तानी गर्नुपर्छ ।

एभरेस्ट इन्स्योरेन्सको भावी योजना के छ ?
भइरहेका प्रडक्टमा ग्राहकलाई राम्रो सेवा दिने । कष्टमर र कर्मचारीलाई खुसी राख्ने । १५/२० प्रतिसतको निरन्तर वृद्धि गर्ने योजना छ । देशको परिस्थिति अनुसार अघि बढ्ने हो ।

Tags :

प्रतिक्रिया दिनुहोस्