बीमा समितिको जनचेतनामूलक भिडियो सार्वजनिक ( भिडियोसहित )

काठमाडौ । बीमा समितिले बीमा सम्बन्धी जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । हिजो समितिको युट्युव च्यानलमार्फत बीमाको जनचेतना मुलक भिडियो सार्वजनिक भएको हो ।
मह जोडी हरिबंश आचार्य तथा मदनकृष्ण श्रेष्ठले अभिनय गरेको २ मिनेटको उक्त भिडियोमा जीवन बिमा र निर्जिवन बीमासम्बन्धी जनचेतनामुलक संदेश दिन खोजीएको छ ।
नेपाली भाषा, भोजपुरी भाषा तथा मैथली भाषामा बीमा सम्बन्धि सन्देश उक्त भिडियोमा रहेको छ ।
यस्तो छ बिमा सतितिले जारी गरेको जनचेतनामुलक संदेशको भिडियो :