अजोड इन्स्योरेन्सले दियो कर्मचारीलाई तालिम « Arthapath.com
७ आश्विन २०७८, बिहीबार

अजोड इन्स्योरेन्सले दियो कर्मचारीलाई तालिम



काठमाडौं । भदौ २० र २१ गते यस प्रधान कार्यालय, शाखा तथा उपशाखाका सहायक तहका मार्केटिङ्ग कर्मचारीहरुलाई इन हाउस मार्केटिङ ट्रेनिङ काठमाडौंमा सम्पन्न भएको छ । उक्त तालिममा ५२ जना मार्केटिङ्ग कर्मचारीहरुको सहभागिता रहेको थियो ।

त्यस्तै भदौ २९, ३० र ३१ गते भर्चुअल माध्यमबाट आधाभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरिएको थियो । सहायक महाप्रबन्धक अनिल कुमार अर्यालका साथै प्रशिक्षर्थीहरुद्धारा बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका र बिमाका विभिन्न पोर्टफोलियोको वारेमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

अजोड इन्स्योरेन्स लिमिटेडको भर्चुअल माध्यमबाट आधाभुत निर्जीवन बीमा अभिकर्ताको तालिममा २५ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो । उक्त तालिमहरुको संयोजन यस कम्पनीका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले गर्नु भएको थियो । उक्त तालिमहरुमा सहजिकरणको कार्य केन्द्रिय कार्यालय मानवसंसाधन तथा प्रशासन विभागकी उषा बस्नेतले गर्नु भएको थियो ।

अजोड इन्स्योरेन्स लिमिटेडको प्रादेशिक कार्यालय, हेटौडामा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ । तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका प्रबन्धक दिपक पोखरेले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका को वारेमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

त्यस्तै गरि अजोड इन्स्योरेन्स लिमिटेडका नायब प्रबन्धक प्रेम प्रसाद पाण्डेले कृषि तथा पशुपन्छी बीमाको साथै अभिकर्ताको काम कर्तव्य र अधिकार तथा जिम्मेबारीको विषयमा प्रकाश पार्नुभएको थियो ।

अजोड इन्स्योरेन्स लिमिटेडको कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिममा १९ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन र सहजिकरण अजोड इन्स्योरेन्स लि. का प्रदेश नं. २ का प्रमुख बद्रिनाथ शर्माले गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्