नेपाल लाइफले भुक्तानी गर्यो ६ लाख रुपैयाँ दावी भुक्तानी « Arthapath.com
१३ आश्विन २०७८, बुधबार

नेपाल लाइफले भुक्तानी गर्यो ६ लाख रुपैयाँ दावी भुक्तानी



काठमाडौं । नेपाल लाइफ इन्स्यारेन्सले घातक रोग लागेका प्रविण गौलीलाई ६ लाख रुपैयाँ भुक्तानी गरेको छ । प्रविण गौलीले नेपाल लाइफ इन्स्योरेन्सको कोटेश्वर शाखाबाट २०७७ पौष १५ गते रु. ६ लाखको जीवन बीमा गरेका थिए । गौलीले घातक रोग वापत निजले बीमाशुल्क रु. १ हजार ५० रुपैयाँ मात्रै तिरेर बीमा गराएका थिए ।

बिमित गौलीलाई १८ ओटा घातक रोग मध्ये एउटा रोग मुटुमा समस्या देखा परेको हुदा कम्पनीले उपचार खर्च गर्नको लागि कोटेश्वरको शाखा प्रबन्धक ज्ञानेन्द्र मान तुलाधर, वरिष्ठ एजेन्सी म्यानेजर दिपक थापा, बास्ना गौली र कर्मचारी अनुज कुमार झा, प्रियंका कार्कीको उपस्थितीमा रु. ६ लाख रुपैयाँको चेक रकम भुक्तानी गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्