जीवन रहँदा आफ्नो लागि, जीवन पश्चात् परिवारको लागि : सानिमा दीर्घायु बिमा योजना « Arthapath.com
२५ आश्विन २०७८, सोमबार

जीवन रहँदा आफ्नो लागि, जीवन पश्चात् परिवारको लागि : सानिमा दीर्घायु बिमा योजना



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सानिमा दीर्घायु जीवन बीमा योजना ल्याएको छ । आफू र आश्रित परिवारको शुनिश्चित भविष्यको लागि सानिमा लाइफले ‘सानिमा दीर्घायु जीवन बीमा’ योजना सार्वजनिक गरेको हो ।

कम्पनीले ल्याएको उक्त योजनामा १६ बर्षदेखि ६५ बर्षसम्मका उमेर समूहका ब्यक्तिहरुले बीमा गर्न पाउने छन् । ‘सानिमा दीर्घायु जीवन बीमा’ योजनाको न्यूनतम बीमाशुल्क भुक्तानी अवधि ५ बर्ष रहेको छ । त्यस्तै, अधिकतम बीमाशुल्क भुक्तानी अवधि ५४ बर्षसम्म रहेको छ ।

उक्त योजनाको अधिकतम आजिवन बीमा अवधि १ सय बर्ष रहेको छ । कम्पनीका अनुसार न्यूनतम बीमाङ्क १ लाख रुपैयाँ र अधिकतम बीमाङ्क आयस्रोतका आधारमा हुनेछ । बीमितले वार्षिक, अर्धवार्षिक र त्रैमासिक गरि विभिन्न ३ चरणमा बीमाशुल्क भुक्तानी गर्न सक्नेछन् ।

कम्पनीले २ लाख रुपैयाँको बीमामा १ हजार रुपैयाँ प्रतिबर्ष, ३ लाखभन्दा माथिको योजनामा २ हजार रुपैयाँ प्रतिबर्ष छुट दिने जनाइएको छ । त्यस्तै, बीमितले वार्षिक बीमाशुल्क भुक्तानी गर्दा २ प्रतिशत र अर्धवार्षिक बीमाशुल्क भुक्तानी गर्दा १ प्रतिशत छुट पाउनेछन् । तर त्रेमासिक बीमाशुल्कमा भने कुनै थपघट नहुने बताएको छ । उक्त योजना अन्तर्गत कम्पनीले समर्पण मूल्य तथा कर्जा प्राप्त गर्नेछ ।

बीमा रकम भुक्तानीको अवस्थामा कम्पनीले विभिन्न तीनवटा शर्त अघि सारेको छ । जसमा, बीमा समाप्ति मिति सम्म बीमित जीवित भएमा बीमालेखको शर्तहरूको अधिनमा रही बीमाङ्ग र नियमानुसारको बोनस एकमुष्ट प्रदान गरिने छ । त्यस्तै, बीमा समाप्ति मिति अगावै बीमितको मृत्यु भएमा बीमा र नियमानुसारको बोनश एकमुष्ट बीमितको कानूनी हकवालालाई भुक्तानी गरिनेछ ।

त्यसैगरी, बीमा समाप्ति मिति पछि बीमाशुल्क तिर्नु नपर्ने गरी जीवन बीमाको कानूनी दायित्व बहन गरीनेछ । बीमालेखको शर्त अनुसार बीमित १०० वर्ष सम्म जीवित रहेमा बीमितलाई र सो भन्दा पहिला बीमितको मृत्यु भएमा बीमा रकम बीमितको कानुनी हकवालालाई प्रदान गरिनेछ । त्यसरी थप बीमा रकम प्रदान गर्न बीमालेख अन्तर्गतको सम्पूर्ण बीमाशुल्क बीमकले बुझाएको हुनुपर्ने छ ।

कम्पनीका अनुसार पुरक करार अन्तर्गत अतिरिक्त बीमाशुल्क तिरेर दुर्घटना मृत्युलाभ सुविधा उपभोग गर्न सकिनेछ । यस्तो सुविधा पुरक करारमा उल्लेख भएको रकम बराबर मात्र हुनेछ । त्यस्तै, अतिरिक्त बीमाशुल्क तिरेर पूर्ण अशक्तता तथा बीमाशुल्क छुट सुविधा लिन सकिने कम्पनीले जनाएको छ । यस योजना अनुसार दुर्घटनाबाट बीमित अंगभंग वा स्थायी अशक्तता भएमा बीमालेख तथा पुरक करारको परिधि भित्र रही पूर्ण अशक्तता तथा बीमाशुल्क छुट सुविधा प्रदान गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्