आइएमई जनरल इन्स्योरेन्स ‘एसिया बेष्ट इप्लोएर ब्रान्ड अवार्ड-२०२१’ बाट सम्मानित « Arthapath.com
३१ आश्विन २०७८, आईतवार

आइएमई जनरल इन्स्योरेन्स ‘एसिया बेष्ट इप्लोएर ब्रान्ड अवार्ड-२०२१’ बाट सम्मानित



काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्सलाई वर्ल्ड एचआरडि कङ्ग्रेसले एसिया वेस्ट इप्लोएर ब्रान्ड अवार्ड २०२१ बाट सम्मानित गरेको छ । भारतको मुम्बईमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स सम्मानित भएको हो ।

उक्त कार्यक्रममा जुमको माध्यमबाट सहभागी भई कम्पनीका प्रमुख कार्यकारी अधिकृत योगेशभक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका थिए । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत योगेशभक्त बादे श्रेष्ठले इप्लोएर ब्राण्डिङ इन्स्टिच्युट, वर्ल्ड एचआरडि कङ्ग्रेसलाई उक्त अवसरमा कम्पनीको उपलब्धिमा आफ्नो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पु¥याउनु हुने सम्पूर्ण ग्राहकहरू, सेयर धनीहरू, कर्मचारीहरू, नियामक निकाय सबैमा हार्दिक धन्यवाद दिए । 

उक्त समारोहमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यस सम्मानबाट हामीलाई थप हौसला प्राप्त भएको र आगामी दिनमा आफ्नो सेवालाई अझै परिष्कृत गर्दै डिजिटल माध्यमबाट समेत सहज र सरल रूपमा सेवा प्रदान गर्दै सबै क्षेत्रबाट सदा झैँ सहयोग प्राप्त भई नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रूपमा आइएमई जनरल इन्ट्रेन्स अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

Tags :

प्रतिक्रिया दिनुहोस्