नेपाल टेलिकमद्वारा अनलाइन मिडियाको सूचीकरणका लागि प्रस्ताव आह्वान « Arthapath.com
२५ असार २०८२, बुधबार

नेपाल टेलिकमद्वारा अनलाइन मिडियाको सूचीकरणका लागि प्रस्ताव आह्वान



काठमाडाैं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ का लागि विज्ञापन प्रकाशन प्रयोजनका लागि अनलाइन मिडियाहरूको सूचीकरण गर्न प्रस्ताव आह्वान गरेको छ।

कम्पनीले गोरखापत्रमा सूचना प्रकाशित गर्दै इच्छुक अनलाइन मिडियाहरुलाई आवश्यक कागजातसहित २०८२ असार ३१ गते भित्र प्रस्ताव दर्ता गर्न आग्रह गरेको हो।

सूचीकरणका लागि पेश हुनुपर्ने प्रस्तावमा सञ्चालक संस्थाको सम्पर्क विवरणसहितको आधिकारिक निवेदन, संस्था दर्ता तथा ख्ब्त्रएब्ल् प्रमाणपत्र, सूचना विभाग र प्रेस काउन्सिलमा दर्ता तथा २०८२ असार मसान्तसम्मको नवीकरण प्रमाण, २०८०/८१ सम्मको कर चुक्ता प्रमाणपत्र, कम्तीमा एक वर्षको सञ्चालन अनुभव खुल्ने कागजात, र पछिल्लो तीन महिनाको गुगल एनालिटिकल रिपाेर्ट (पेज भ्यूसहित) अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ।

टेलिकमले आवश्यकता परेको अवस्थामा अनलाइन प्रदर्शनमार्फत पृष्ठदृश्य देखाउन सक्ने क्षमतासमेत माग गरेको छ।

यदि प्रस्ताव बुझाउने अन्तिम मिति असार ३१ गते सार्वजनिक बिदा परेमा, कार्यालय खुलेको भोलिपल्टसम्म प्रस्ताव दर्ता गर्न सकिने जनाइएको छ। प्रस्ताव दर्ता नेपाल टेलिकमको प्रमुख व्यावसायिक अधिकृतको कार्यालय, भद्रकाली प्लाजामा गर्न सकिनेछ।


प्रतिक्रिया दिनुहोस्