सिटिजन लाइफ इन्स्योरेन्सको पाचौं वर्षमा, ‘डिजिटल सिटिजन अभियान’मा केन्द्रित « Arthapath.com
२ कार्तिक २०७८, मंगलवार

सिटिजन लाइफ इन्स्योरेन्सको पाचौं वर्षमा, ‘डिजिटल सिटिजन अभियान’मा केन्द्रित



काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाकालको चौथो वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ । 

विश्वासिलो र ग्राहक वर्गको रोजाइको जीवन बीमा कम्पनी बन्ने उद्देश्यका सिटिजन लाइफले साथ चौथो वर्ष पुरा गरेको छ । कम्पनीले बीमितलाई सर्वसुलभ र स्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता गरेको छ । 

कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, गरिब, असहाय तथा वृद्ध वृद्धलाई निःशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाइ लगायतका कार्यक्रम एव विद्यार्र्थीहरुलाई पोसाक, पुस्तक, स्टेस्नरी लगायतका शैक्षिक सामाग्री वितरण गर्ने गरेको छ । सो कार्यलाई निरन्तरता दिने कम्पनीका सीईओ पोषक राज पौडेलले बताए ।  

कम्पनीका  अध्यक्ष प्रदीप जङ्ग पाण्डेले कम्पनीलाई  ‘डिजिटल सिटिजन अभियान’, ‘सिटिजन स्वरोजगार अभियान’ तथा बीमाको सचेतना बढाउन ‘जीवन बीमा जरुरी छ’, ‘विद्यार्थीसँग बीमा’, ‘गुरु सम्मान कार्यक्रम’ एव नवीनतम जीवन बीमा योजनालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यावसायिक उपलब्धि हासिल गर्ने बताए ।

कम्पनीका सीईओ पोषक राज पौडेलले बीमा सेवालाई थप गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्