युनाइटेड इन्स्योरेन्सको नाफा १२ प्रतिशत बढ्यो, खुद बीमाशुल्क ६३ प्रतिशत बढ्दा प्रतिशेयर आम्दानी कति ? « Arthapath.com
२८ कार्तिक २०७८, आईतवार

युनाइटेड इन्स्योरेन्सको नाफा १२ प्रतिशत बढ्यो, खुद बीमाशुल्क ६३ प्रतिशत बढ्दा प्रतिशेयर आम्दानी कति ?



काठमडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद नाफा ११.७० प्रतिशत बढेर १ करोड १९ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १ करोड ६ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असोज मसान्तसम्म कम्पनीको खुद बीमाशुल्क ६२.९६ प्रतिशतले बढेर २१ करोड ४० लाख ३५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १३ करोड १३ लाख ४३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले लगानी तथा अन्य आय ७७.२६ प्रतिशत बढेर १ करोड ४५ लाख ४६ हजार रुपैयाँ आर्जन गरेको छ । त्यस्तै, यस अवधिमा कम्पनीको पुनर्बीमा कमिशन बापत हुने आम्दानी ४८.१३ प्रतिशत बढेर ५ करोड ९ लाख ५ हजार रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्म कम्पनीले ४० हजार २६८ वटा बीमालेख जारी गरि ४४ करोड १ लाख ८३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । १ हजार ९३ वटा दाबी वापत १२ करोड २९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३ हजार ९५ वटा दाबी वापत ५५ करोड ९२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

असोज मसान्तसम्म कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ, जगेडा कोष ४८.५४ प्रतिशत बढेर ११ करोड ७७ लाख ८६ हजार रुपैयाँ र बीमा कोष ९.८१ प्रतिशत बढेर ३३ करोड ८८ लाख ८६ हजार रुपैयाँ रहेको छ ।

यस अवसिधमा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ १६ पैसा, प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ४१ पैसा र मूल्य आम्दानी अनुपात ५१८.४१ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्