मेट लाइफको साढे १० प्रतिशत नाफा घट्यो, खुद बीमा शुल्क १ अर्ब ३० करोड माथि « Arthapath.com
५ मंसिर २०७८, आईतवार

मेट लाइफको साढे १० प्रतिशत नाफा घट्यो, खुद बीमा शुल्क १ अर्ब ३० करोड माथि



काठमाडौं । मेट लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १०.५८ प्रतिशत घटेर ६ करोड ७५ लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ७ करोड ५५ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

चालु आर्थिक बर्षको ३ महिनामा कम्पीको खुद बीमाशुल्क ११.५४ प्रतिशत बढेर १ अर्ब ३० करोड ३५ लाख ४३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १६ करोड ६८ लाख ८६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

असोज मसान्तसम्म कम्पनीको पुर्नबीमा कमिशन वापत २ करोड ९८ लाख, लगानी, कर्जा तथा अन्य आम्दानीबाट ४२ करोड ४९ लाख रुपैयाँ र बीमालेख धितोमा ९७ करोड ८९ लाख रुपैयाँ लगानी गरी ३ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको जगेडा कोष ९ प्रतिशत बढेर २ अर्ब ७४ करोड ५ लाख ४७ हजार रुपैयाँ, जीवन बीमा कोष ७.५९ प्रतिशत बढेर १९ अर्ब ७४ करोड ५९ लाख ५६ हजार रुपैयाँ र महाविपत्ती कोष ११ प्रतिशत बढेर २७ करोड ३९ लाख ३४ हजार रुपैयाँ सञ्चित छ ।

समिक्षा अवधिसम्म कम्पनीले १२ लाख १९ हजार ६४९ बीमालेख जारी गरी कूल १ अर्ब ३५ करोड १४ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीको २ हजार ७१३ दाबी वापत १ अर्ब ९ करोड ६६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ६२२ दाबीका लागि ७४ करोड ४१ लाख रुपैयाँ भुक्तानी गर्ने बाँकी छ ।

असोज मसान्तसम्म कम्पनीको अभिकर्ता कमिशन ८.२६ प्रतिशत बढेर १२ करोड ५१ लाख १७ हजार रुपैयाँ आर्जन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्