सानिमा दम्पत्ती बीमाः श्रीमान श्रीमतीलाई एउटै जीवन बीमा काफी « Arthapath.com
८ मंसिर २०७८, बुधबार

सानिमा दम्पत्ती बीमाः श्रीमान श्रीमतीलाई एउटै जीवन बीमा काफी



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले श्रीमान र श्रीमती दुबै जनालाई एउटै जीवन बीमा पोलिसीमा अटाउने गरी दम्पत्ती बीमा सुरु गरेको छ । यो योजनाले विभिन्न पेशा व्यवसायमा रहेका मानिसहरुलाई श्रीमान श्रीमतीको अलग अलग बीमा गर्नुपर्ने झण्झटबाट मुक्ति दिएको छ ।

कम्पनीले आर्जन गरेको मुनाफामा हिस्सेदारी पाइने त छँदै छ, सुरक्षा र बचतका लागि पनि यो योजना निकै आकर्ष हो । यो योजनामा करोडौं रकमको बीमा गर्न पनि पाइन्छ । २१ वर्ष उमेर पुगेका मानिसले यो योजनामा सहभागि हुन पाउने छन् । ५० वर्षभन्दा बढी उमेर भएका मानिस भने यो योजनामा सहभागि हुन पाउने छैनन् । यस्तो बीमा १५ देखि ३० वर्षका लागि गर्न सकिन्छ । तर ७० वर्षको उमेर पुग्दासम्म बीमा अवधि सकिइसक्नु पर्ने छ ।

यसरी बीमा गरेपछि बमिा समाप्ति हुने मितिसम्म पतिपत्नी दुबै वा कुनै उक जनामात्रै जिवित रहे भने बिमांक रकम र पुरा अवधिको बोनश एकमुष्ट प्रदान गर्ने कम्पनीले जनाएको छ । बीमा अवधिभित्र दम्पत्तीमध्ये कुनै एक जनाको मृत्यु भएका पुरै बिमांक रकम भुक्तानी गर्ने कम्पनीले जनाएको छ ।

बीमालेख चालु रहेको अवस्थामा दुबै जना दम्पत्तीको मृत्यु भएका बीमांक बराबरको समानुपातिक बोनश एकमुष्ट रुपमा भुक्तानी हुने छ । यो बीमा योजनामा बीमा गरेपछि कम्तिमा २ वर्षको बीमाशुल्क भुक्तानी गरेपछिमात्रै जोखिम उठाउन तयार हुने छ । त्यसपछि बीमितले चाहेमा समर्पण मूल्य प्राप्त गर्न सक्ने छन् । यस्तो समर्पण मूलयको ९० प्रतिशत सम्म ऋण लिन पनि पाइने छ ।

बिमितले यस बीमा योजनामा थप बीमाशुल्क तिरेर पुरक करारको रुपमा दुर्घटना मृत्यु लाभ तथा अपांग र अशक्त सुविधासमेत लिन सक्ने छन् ।


प्रतिक्रिया दिनुहोस्