राष्ट्रिय बीमा कम्पनीको सीईओ पदका लागि ५ जनाको सर्ट लिष्ट सार्वजनिक « Arthapath.com
११ पुष २०७८, आईतवार

राष्ट्रिय बीमा कम्पनीको सीईओ पदका लागि ५ जनाको सर्ट लिष्ट सार्वजनिक



राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ५ जनाको आवेदन परेको छ । कम्पनीको पौष ९ गते बसेको पदपुर्ती सिफारिस उपसमितिको बैठकले सीईओ पदका लागि आवेदन दिएकाहरुमध्येबाट ५ जनालाई सर्ट लिस्टमा सार्वजनिक गरेको हो ।

सर्टलिस्टमा परेका ५ जनालाई शैक्षित योग्यता, कार्यानुभव र व्यवसायिक कार्ययोजना मूल्यांकनका आधारमा सिफारिस गरिएको हो । पदपुर्ति समितिले मंसिर १२ गते सार्वजनिक सूचना आह्वान गरेको थियो । कम्पनीको सीईओ पद गत भदौदेखि रिक्त रहेको छ ।

सीईओ पदका लागि १५ दिनभित्र आवेदन दिन भन्दै कम्पनीले मंसिर १२ गते विज्ञापन खुलाएको थियो । कम्पनीको सीईओ पदका लागि आवेदन दिने समय हिजो मंसिर २६ गतेसम्म थियो । उक्त पदका लागि विभिन्न ११ जनाले आवेदन दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्