बीमा समितिमा संयुक्तरुपमा ७ दिने अल्टिमेट सहितको ज्ञापनपत्र « Arthapath.com
१२ पुष २०७८, सोमबार

बीमा समितिमा संयुक्तरुपमा ७ दिने अल्टिमेट सहितको ज्ञापनपत्र



काठमाडौं । बीमा समितिमा संयुक्तरुपमा ७ दिने अल्टिमेट सहितको ज्ञापनपत्र बुझाइएको छ । सरोकारवाला निकायहरुसंग कुनै छलफलै नगरी एकलौटीरुपमा जारी गरिएको न्युनतम गैर–शुल्क बीमा व्यावसायको लागि प्रिमियम दर निर्देशनप्रति आपत्ति जनाउँदै तत्काल खारेजीको माग राखेर इप्पान, एफक्यान लगायतका संघ, संस्थाहरुले संयुक्तरुपमा र छुट्टा–छुट्टै रुपमा बीमा समितिको लिखित ध्यानाकर्षण गराए पनि त्यसप्रति बेवास्ता गरिएपछि ७ दिने अल्टिमेटसहित ज्ञापनपत्र दिइएको हो ।

बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिले निर्जिवन बीमा कम्पनीहरुका लागि जारी गरेको न्युनतम गैर–शुल्क बीमा व्यावसायको लागि प्रिमियम दर निर्देशन तत्काल खारेजको माग गरेको छ । खारेजीको माग गर्दै सरोकारवाला संस्थाहरु स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल इप्पान र नेपाल निमार्ण व्यावसायी महासंघले संयुक्त रुपमा पुस ११ गते प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापन पत्र बुझाउन इप्पानका तर्फबाट उपाध्यक्ष गणेश कार्की, सचिव बलराम खतिवडा, कार्यकारी सदस्य उत्तम ब्लोन लामा र निमार्ण व्यावसायी महासंघका तर्फबाट अध्यक्ष रबि सिंहको नेतृत्वमा पदाधिकारी गएका थिए । ज्ञापनपत्र बुझाउँदै नेपाल निमार्ण व्यावसायी महासंघका अध्यक्ष रबि सिहंले बीमा समितिद्धारा जारी उक्त निर्देशिकाले उर्जा क्षेत्रका परियोजना र निमार्ण क्षेत्रमा परेको गम्भीर असरबारे अवगत गराएका थिए । त्यसक्रममा प्रधानमन्त्रीले सो समस्या बारेमा गम्भीर चासो राख्दै बीमा समितिसंग छलफल गरेर समस्याको समाधान गर्न सचिवालयलाई निर्देशन दिएको छ ।

प्रेस विज्ञप्ती सहित


प्रतिक्रिया दिनुहोस्