आजसम्म शेयरधनी बन्नेले नेपाल पुनर्बीमाको १९ प्रतिशत लाभांश पाउने « Arthapath.com
१३ पुष २०७८, मंगलवार

आजसम्म शेयरधनी बन्नेले नेपाल पुनर्बीमाको १९ प्रतिशत लाभांश पाउने



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लभांश वितरण प्रयोजनार्थ कम्पनीले पौष १४ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले छैठौं वार्षिक साधारण सभा पौष २२ गते बिहीबार, कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौँमा बिहान ११ बजे बोलाएको छ ।

कम्पनीको सभाले हाल कायम चुक्ता पूँजीको १६.५० प्रतिशतका दरले बोनस शेयर र २.५० प्रतिशत नगद लाभांश (करसहित) गरी कूल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थागत लगानीकर्ताबाट २ जना कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्