रिलायन्स लाइफबाट बाहिरिए सीईओ पराजुली « Arthapath.com
१३ पुष २०७८, मंगलवार

रिलायन्स लाइफबाट बाहिरिए सीईओ पराजुली



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेनस कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण रमण पराजुली बाहिरिएका छन् । आफ्नो ४ बर्षे कार्यकाल पुरा गरेर पराजुली कम्पनीबाट बाहिरिएका हुन् । पराजुलीको कार्यकाल पौष १२ गते सकिएको हो । कम्पनीको सञ्चालकले पराजुलीको कार्यकाल नदोहोर्याउने निर्णय गरेपछि उनले कम्पनीबाट विदा लिएका हुन् ।

रिलायन्स लाइफबाट विदा भएपछि नेपाल लाइफले पराजुलीलाई सीईओ बनाउने भएको छ । ९ महिनामा नै नेपाल लाइफको सीईओबाट सन्तोष प्रसाईंले छाडेपछि कम्पनी सीईओ विहीन रहेको छ । तर ६ महिनाको ‘कुलिङ’ अवधि लाग्नेछ । त्यसैले उनी डेपुटी सीईओ नियुक्त भएर ६ महिनासम्म कामु सीईओको रूपमा काम गर्नेछन् ।

यता रिलायन्स लाईफले कामु सीईओको जिम्मेवारी नीराजन कँडेललाई दिएको छ । अर्को व्यवस्था नभएसम्मका लागि इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत कँडेललाई कामु सीईओमा नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्