सूर्या लाइफद्वारा मृत्यु दावी भुक्तानी « Arthapath.com
१८ पुष २०७८, आईतवार

सूर्या लाइफद्वारा मृत्यु दावी भुक्तानी



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको कायालयले गंगा थापालाई मृत्युदावी रकम हस्तान्तरण गरेको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयले एक कार्यक्रमको आयोजना गरी पाख्रीबास नगरपालिका वडा नं. ७ का मृतक बीमित कृष्ण बहादुर थापाको बहिनी गंगा थापालाई मृत्युदावी रकम हस्तान्तरण गरेको हो ।

बीमित थापाले १० लाख रुपैयाँ बीमाङ्कको बीमा लिएको ६ मिहिना नबित्दै सडक दुर्घटनाको कारण मृत्यु भएको थियो । कम्पनीले बीमाङ्क बापतको १० लाख रुपैयाँ, दुर्घटना सुविधा बापत १० लाख रुपैयाँ र बोनस बापत ४८ हजार रुपैयाँ थप गरी एकमुष्ठ २० लाख ४८ हजार रुपैयाँ बीमितले इच्छाएको व्यक्ति गंगा थापालाई हस्तान्तरण गरेको हो ।

स्व. बीमितको परिवारलाई सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ सहायक महाप्रवन्धक नरोत्तम ढकाल मार्फत कम्पनी सचिव भरत के.सी., दावी बिभाग प्रमुख राजु राजचल र दावी बिभागका कर्मचारी तारणी कटुवालको उपस्थितिमा चेक हस्तान्तरण गरेको कप्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्