आइएमई जनरल इन्स्योरेन्सद्वारा कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न « Arthapath.com
२८ पुष २०७८, बुधबार

आइएमई जनरल इन्स्योरेन्सद्वारा कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न



काठमाडौे । आइएमई जनरल इन्स्योरेन्सले कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ । बीमा समितिबाट २०७७/०८/१५ गते जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम आइएमई जनरल इन्स्योरेन्स लिमिटेडद्वारा पुस २५ देखि पुस २८ गते सम्म ३ दिने कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको कम्पनिले जानकारी दिएको छ ।

उक्त तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरु बीच आफ्नो योग्यता, तालिम तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुको बीचमा राम्रो भूमिका खेली सेतुको रुपमा काम गर्ने अपेक्षा कम्पनीले लिएको छ ।

तालिममा देशभरबाट बीमाअभिकर्ताहरुको सहभागिता रहेको थियो । यसबाट बीमा समितिले निर्देश गरे बमोजिम कृषि तथा पशुपन्छी बीमामा उल्लेख रुपमा वृद्धि भई ग्राहकहरुले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने इन्स्योरेनसले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्