अजोड इन्स्योरेन्सको आयोजनामा घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न « Arthapath.com
२ माघ २०७८, आईतवार

अजोड इन्स्योरेन्सको आयोजनामा घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न



काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा २०७८ पौष २८ र २९ गते पर्वत जिल्लाको जलजला गाऊपालिका वडा नं. ७, धाइरिङमा घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ ।

जलजला गाऊपालिका वडा नं. ७ का वडा अध्यक्ष श्री टुङ्गनाथ आचार्यको प्रमुख आतिथ्यमा संचालित कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखाका प्रमुख बिक्रम ढुंगानाले गरेका थिए ।

कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेलले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रष्ट पारेका थिए र सो कार्यक्रममा धाइरिङका कृषकहरु, अजोड इन्स्योरेन्स लिमिटेडका बजार विभागका नायब प्रवन्धक यादव प्रसाद पाठकका साथै पशु सेवा शाखाका प्रविधिक नारायण आचार्यको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्