नेको इन्सुरेन्सद्वारा ६ महिनामा ७० प्रतिशत दावी भुक्तानी « Arthapath.com
११ माघ २०७८, मंगलवार

नेको इन्सुरेन्सद्वारा ६ महिनामा ७० प्रतिशत दावी भुक्तानी



काठमाडौँ । नेको इन्सुरेन्स लिमिटेडले २०७८ असारसम्म बाँकी दावीहरु मध्ये चालु आव २०७८/७९ को ६ महिनामा करिब ७० प्रतिशत दावी भुक्तानी गरेको छ ।

चालु आबको साउनदेखि पुससम्मको अवधिमा मोटर बीमामा ३३ करोड, इन्जिनियरिङ बीमामा ३.२५ करोड, कृषि बीमामा करिब ३ करोड, सम्पत्ति बीमामा १० करोड, सामुद्रीक बीमामा करिब २ करोड, विविध बीमामा ७ करोड गरी करिब ६० करोड दावी भुक्तानी गरेको छ ।

कम्पनीले समयमा दावी भुक्तानी गरेको परिणाम स्वरुप ग्राहकहरुको विश्वास जित्न सफल भई ब्यवसायमा पनि गतबर्षको तुलनामा यस आबको ६ महिनासम्ममा १८ प्रतिशतले बृद्धि गर्न सफल भएको जनाएको छ ।

त्यसैगरी कम्पनीले शेयरधनीहरुलाई १५ प्रतिशत बोनश शेयर प्रदान गर्ने प्रस्ताव गरी आब २०७७।०७८ को वित्तीय विवरण बीमा समितिमा पेश गरेको छ ।


प्रतिक्रिया दिनुहोस्