अजोड इन्स्योरेन्सको चौंथो वार्षिक साधारण सभा फागुन ६ गते « Arthapath.com
१४ माघ २०७८, शुक्रबार

अजोड इन्स्योरेन्सको चौंथो वार्षिक साधारण सभा फागुन ६ गते



काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चौंथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको माघ १३ गते बसेको संचालक समितिको बैंकले वार्षिक साधारण सभा फागुन ६ गते .युनाइटेड वल्ड ट्रेड सेन्टर, डिइसीसी, अमन हल तेस्रो तल्ला त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।

कोरोना संक्रमनको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट शुरु हुने भएको छ । कम्पनीको सभाले सभा संचालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित कम्पनीको आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसुचीहरु सहितको वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, कम्पनीको सभाले कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७८–७९ को लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने (बर्तमान लेखापरिक्षक नै कानुनत पुनः नियुक्त हुनु योग्य रहेको) छ ।

कम्पनीको सभा प्रयोजनार्थ माघ २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले माघ २३ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले मात्रै साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्