अजोड इन्स्योरेन्सको नाफा १४ प्रतिशत बढ्यो, ईपीएस कति छ ? « Arthapath.com
१८ माघ २०७८, मंगलवार

अजोड इन्स्योरेन्सको नाफा १४ प्रतिशत बढ्यो, ईपीएस कति छ ?



काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा १३.९१ प्रतिशत बढेर ४ करोड ६३ लाख ४० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ४ करोड ६ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ९.१४ प्रतिशत बढेर २२ करोड ७७ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले २० करोड ८६ लाख ५८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको लगानी कर्जा तथा अन्य बाट आय ४ करोड ९५ लाख ८० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ४ करोड ६९ लाख ८६ हजार रुपैयाँ लगानी कर्जा तथा अन्य बाट आय गरेको थियो ।

पौष मसान्तसम्ममा कम्पनीको कुल बीमाशुल्क आर्जन १६ प्रतिशत बढेर ७९ करोड २१ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ६८ करोड ८३ लाख ४२ हजार रुपैयाँ गरेको छ ।

समिक्षा अवधिमा कम्पनीको खुद दावी भुक्तानी ११ करोड ५६ लाख ९३ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ९ करोड ७४ लाख ४८ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम १ अर्ब १६ करोड ७७ लाख ७५ हजार रुपैयाँ छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम २९ करोड ६४ लाख ७९ हजार रुपैयाँ थियो ।

पौष मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ, जगेडा कोष ७७.९५ प्रतिशत बढेर ११ करोड ८० लाख २३ हजार रुपैयाँ, बीमा कोष ६३.६१ प्रतिशत बढेर १३ करोड ५३ लाख २५ हजार रुपैयाँ र महाविपत्ती कोष ४५.४७ प्रतिशत बढेर १ करोड ७ लाख २० हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ १३ पैसा बढेर ९ रुपैयाँ २७ पैसा पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ १४ पैसा रहेको थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ १२६.४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ८०.४५ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्