बीमामा नक्कली प्रमाणपत्रकाे विगविगी, ७ दिनभित्र योग्यताको विवरण पठाउन बीमा समितिको निर्देशन « Arthapath.com
२० माघ २०७८, बिहीबार

बीमामा नक्कली प्रमाणपत्रकाे विगविगी, ७ दिनभित्र योग्यताको विवरण पठाउन बीमा समितिको निर्देशन



काठमाडौं । बीमा कम्पनीकाहरुको नियामक निकाय बीमा समितिले सबै कर्मचारीहरुको शैक्षिक योग्यताको विवरण मागेको छ ।

बीमा समितिबाट इजाजतपत्र प्राप्त सम्पूर्ण बीमक तथा पुनर्बीमकहरुलाई पत्राचार गर्दै बीमा कम्पनीमा कार्यरत कर्मचारीको शैक्षिक योग्यताको विवरण ७ दिन भित्र पठाउन निर्देशन दिएको हो ।

हाल सञ्चालनमा रहेका बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको शैक्षिक योग्यता प्रमाणपत्र सम्बन्धी विवरण ७ दिनभित्र उपलब्ध गराउन बिहीबार निर्देशन दिएको हो ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलद्वारा हस्ताक्षर गरिएको पत्र अनुसार बीमा कम्पनीहरुमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको शैक्षिक योग्यता, उत्तिर्ण गरेको वर्ष, उत्तिर्ण गरेको विश्व विद्यालयदेखि विद्यालयसम्मको विवरण तोकिएको तालिकामा भरेर पठाउन निर्देशन दिएको हो ।


प्रतिक्रिया दिनुहोस्