६ महिनामा निर्जीवन बीमा कम्पनीले झण्डै १५ लाख बीमा लेख जारी गरे, कुनको कति ? « Arthapath.com
२५ माघ २०७८, मंगलवार

६ महिनामा निर्जीवन बीमा कम्पनीले झण्डै १५ लाख बीमा लेख जारी गरे, कुनको कति ?



कामठाडौं । चालु आर्थिक बर्षको ६ महिनामा निर्जीवन बीमा कम्पनीहरुले झण्डै १५ लाख बीमा लेख संख्या जारी गरेका छन् । बीमा समितिको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको पौष मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले १४ लाख ८५ हजार ८५१ वटा बीमा लेख संख्या जारी गरेको हो ।

६ महिनाको अवधिमा सबैभन्दा धेरै बीमा लेख जारी गर्नेमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । नेको इन्स्योरेन्स कम्पनीले १ लाख ४७ हजार ३८१ वटा बीमा लेख जारी गरेको छ । त्यस्तै, दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनीले १ लाख ३७ हजार ३८४ वटा, शिखर इन्स्योरेन्सले १ लाख ३१ हजार ६६९ वटा, सिद्धार्थ इन्स्योरेन्सले १ लाख ३० हजार ४५ वटा र एनएलजी इन्स्योरेन्सले १ लाख ३ हजार २१ वटा बीमा लेख जारी गरेका छन् । यस अवधिमा सबैभन्दा कम नेशलन इन्स्योरेन्स कम्पनको रहेको छ । नेशनलले ११ हजार ९ वटा मात्रै बीमा लेख जारी गरेको छ ।

त्यस्तै, पौष महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले २ लाख ६१ हजार ६८७ वटा बीमा लेख जारी गरेका छन् । पौष महिनामा मात्रै सबैभन्दा धेरै नेको इन्स्योरेन्को २३ हजार ६५९ वटा बीमा लेख जारी गरेको छ भने सबैभन्दा कम नेशनल इन्स्योरेन्स कम्पनीले २ हजार ४ वटा मात्रै बीम लेख जारी गरेको हो ।


प्रतिक्रिया दिनुहोस्