रिलायन्स लाइफको नाफा ३१.३२ प्रतिशत बढ्यो, खुद बीमा शुल्क बढेर १.३५ अर्ब रुपैयाँ, ईपीएस कति ? « Arthapath.com
२७ माघ २०७८, बिहीबार

रिलायन्स लाइफको नाफा ३१.३२ प्रतिशत बढ्यो, खुद बीमा शुल्क बढेर १.३५ अर्ब रुपैयाँ, ईपीएस कति ?



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा ३१.३२ प्रतिशत बढेर ७ करोड ५० लाख ३४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ५ करोड ७८ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा कम्पनीको खुद बीमा शुल्क २२.२८ प्रतिशत बढेर १ अर्ब ३५ करोड ६९ लाख ५१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १० करोड ९६ लाख ७८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १०४.११ प्रतिशत बढेर २८ करोड ६३ लाख ६३ हजार रुपैयाँ गरेको छ , गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १४ करोड २ लाख ९४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

पौष मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ, जगेडा कोष ८.४५ प्रतिशत घटेर १८ करोड १७ लाख ५३ हजार रुपैयाँ, जीवन बीमा कोष ८७.२६ प्रतिशत बढेर ३ अर्ब ३६ करोड ९२ लाख ६४ हजार रुपैयाँ र महाविपत्ती कोष ४७.२१ प्रतिशत बढेर ३ करोड २४ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिसम्ममा कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा ३२.६५ प्रतिशत बढेर ३ अर्ब ७ करोड ५४ लाख ४६ हजार रुपैयाँ, बीमा लेखको धितोमा कर्जा ४६.५१ प्रतिशत बढेर २८ करोड ७ लाख ६ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको लगानी, कर्जा तथा अन्य आम्दानी ६२.५० प्रतिशत बढेर १३ करोड २७ लाख ४४ हजार रुपैयाँ र बीमा लेखको धितोमा कर्जाबाट आय ४७.१७ प्रतिशत बढेर १ करोड २५ लाख १ हजार रुपैयाँ गरेको छ । कम्पनीको अभिकर्ता कमिशन १९.५५ प्रतिशत बढेर २३ करोड ७७ लाख ५८ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन २४.८३ प्रतिशत बढेर १ अर्ब ४४ करोड ९१ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्ज १ अर्ब १५ करोड ३६ लाख ४१ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीले भुक्तानी हुन रहेको १० वटाको १८ लाख रुपैयाँ रुहको छ । गत आर्थिक बर्षको सोही अवधिमा १३ वटा दाबीको ३५ लाख ७० हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ २४ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ २० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७७.२० गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्