लाइफ इन्स्योरेन्स कर्पोरेसनको नाफा ३३.५१ प्रतिशत घट्यो, जीवन बीमा कोष ८६ अर्ब ४९ करोड रुपैयाँ पुग्यो « Arthapath.com
२८ माघ २०७८, शुक्रबार

लाइफ इन्स्योरेन्स कर्पोरेसनको नाफा ३३.५१ प्रतिशत घट्यो, जीवन बीमा कोष ८६ अर्ब ४९ करोड रुपैयाँ पुग्यो



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा ३३.५१ प्रतिशत घटेर ७ करोड ६९ लाख १ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ११ करोड ५६ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ९ अर्ब ५८ करोड ६ लाख ४१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ९ अर्ब ५६ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

पौष मसान्तसम्ममा कम्पनीको खुद दाबी भुक्तानी १६ प्रतिशत बढेर ५ अर्ब २६ करोड ८३ लाख ९७ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ५२ करोड ४३ लाख १ हजार रुपैयाँ खुद दाबी भुक्रानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको अभिकर्ता कमिशन ९१ करोड ९६ लाख ४६ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको अभिकर्ता कमिशन १ अर्ब १ करोड ३५ लाख २५ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन ९ अर्ब ६२ करोड ४६ खुद बीमा शुल्क आर्जन ४७ लाख ८७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ९ अर्ब ६१ करोड १७ लाख ५६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको भुक्तानी हुन बाँकी रकम भने ३४ करोड ९३ लाख ४५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको भुक्तानी हुन बाँकी रकम २२ करोड ६१ लाख ९४ हजार रुपैयाँ रहेको थियो ।

पौष मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १० प्रतिशत बढेर २ अर्ब २१ करोड १० लाख रुपैयाँ, जगेडा कोष ९४.८० प्रतिशत बढेर १ अर्ब २३ करोड ५० लाख ४० हजार रुपैयाँ, जीवन बीमा कोष १६.४९ प्रतिशत बढेर ८६ अर्ब ४९ करोड ११ लाख १३ हजार रुपैयाँ र महाविपत्ती कोष ५३.२१ प्रतिशत बढेर ३६ करोड २० लाख ३२ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४८ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ३२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६२२.४३ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्