प्रभु लाइफको नाफा २३.४२ प्रतिशत घटेपनि खुद दाबी भुक्तानी ७४५.७४ प्रतिशत छलाङ मार्याे « Arthapath.com
२८ माघ २०७८, शुक्रबार

प्रभु लाइफको नाफा २३.४२ प्रतिशत घटेपनि खुद दाबी भुक्तानी ७४५.७४ प्रतिशत छलाङ मार्याे



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा २३.४२ प्रतिशत घटेर ६ करोड १९ लाख १० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ८ करोड ८ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ६४.६३ प्रतिशत बढेर १ अर्ब ४१ लाख ७६ हजार रुपैया आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ६० करोड ९९ लाख २९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ७४५.७४ प्रतिशत बढेर ९ करोड ५५ लाख ९४ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १ करोड १३ लाख ३ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीले अभिकर्ता कमिशन वापत १७ करोड ६६ लाख ८९ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ९ करोड ९५ लाख ८ हजार रुपैयाँ अभिकर्तालाई कमिशन दिएको थियो ।

कम्पनीको हालसम्म कुल बीमा शुल्क ६० प्रतिशत बढेर ४ अर्ब २९ करोड १२ लाख ७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ६८ करोड ७ लाख १८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

पौष मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ,। जगेडा कोष ४७.८१ प्रतिशत बढेर ४१ करोड ९९ लाख ५९ हजार रुपैयाँ, जीवन बीमा कोष ८०.७३ प्रतिशत बढेर २ अर्ब ६० करोड ९ लाख ७७ हजार रुपैयाँ र महाविपत्ती कोष ३ करोड १८ लाख रुपैयाँ पु्गेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ १९ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १२२.५९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १०१.७५ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्