सगरमाथा इन्स्योरेन्सको नाफा सामान्य बढ्यो, ईपीएस ३१.९८ रुपैयाँ पुग्दा अन्य सूचक कस्ता छन् ? « Arthapath.com
२८ माघ २०७८, शुक्रबार

सगरमाथा इन्स्योरेन्सको नाफा सामान्य बढ्यो, ईपीएस ३१.९८ रुपैयाँ पुग्दा अन्य सूचक कस्ता छन् ?



काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा ०.२४ प्रतिशत बढेर १७ करोड ७७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी १७ करोड ७२ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १२.४७ प्रतिशत बढेर ७७ करोड ८३ लाख १७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ६९ करोड २० लाख ७४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी २५.७२ प्रतिशत बढेर ४२ करोड ३३ लाख ३४ हजार रुपैयाँ गरेको छ , गत आर्थिक बर्षको सोही अवधमिा कम्पनीले ३३ करोड ६७ लाख ७४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको २ करोड ३३ लाख ४४ हजार रुपैयाँ र व्यवस्थापन खर्च १५ करोड ५८ लाख ७० हजार रुपैयाा रहेको छ । कम्पनीको ११ हजार ४९८ वटा दाबी भुक्तानी वापत २ अर्ब ४ करोड ७९ लाख ७६ हजार रुपैयाँ कुल भुक्रानी हुन बाँकी रहेको छ ।

पौष मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी ११ प्रतिशत बढेर १ अर्ब ११ करोड १३ लाख ५७ हजार रुपैयाँ, जगेडा कोष २७.३५ प्रतिशत बढेर ५५ करोड ४३ लाख ३९ हजार रुपैयाँ, बीमा कोष २५.५३ प्रतिशत बढेर १ अर्ब १३ करोड २९ लाख ६८ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ९८ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २६२ रुपैयाँ रहेको छ भने मुल्य आम्दानी अनुपात ४३.०६ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्