आइएमई जनरल इन्स्योरेन्सको नाफा १९.२३ प्रतिशत घट्यो, ईपीएस २०.९७ रुपैयाँ

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीको दोस्रो त्रैमासमा खसद नाफा १९.२३ प्रतिशत घटेर १२ करोड १३ लाख ६८ हजार रुपैयाँ आर्जन गरेको छ । गत अािर्थक बर्षको सोही अवधिमा कम्पनीले १५ करोड २ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक बर्षको ६ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३.४० प्रतिशत बढेर ३७ करोड ६३ लाख २५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ३६ करोड ३९ लाख ३४ हजार रुपैयाँ खूद बीमा शुल्क आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ५१.२३ प्रतिशत बढेर१३ करोड ७२ लाख १५ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ९ करोड ७ लाख ३४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
पौष मसान्ससम्ममा कम्पनीको चुक्ता पूँजी ७ प्रतिशत बढेर १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँ, छ.३५ प्रतिशत बढेर ३० करोड ४२ लाख ४६ हजार रुपैयाँ, बीमा कोष ८१.८७ प्रतिशत बढेर ५३ करोड ५ लाख ४३ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको लगानी, कर्जा तथा अन्य आय ४०.२२ प्रतिशत घटेर ७ करोड ३२ लाख ६४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १२ करोड २५ लाख ५५ हजार रुपैयाँ लगानी, कर्जा तथा अन्य आय आम्दानी गरेको थियो ।
कम्पनीको व्यवस्थापन खर्च ४४ प्रतिशत बढेर १२ करोड ७ लाख ९३ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको कूल बीमा शुल्क १६.२० प्रतिशत बढेर ८२ करोड ६६ लाख १३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ७१ करोड १३ लाख ६४ हजार कूल बीमा शुल्क आर्जन गरेको थियो ।
समीक्षा अवधीमा कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ९७ पैसा रहेको । कम्पनीको मूल्य आम्दानी अनुपात ५४.४२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७२.११ रुपैयाँ रहेको छ ।