हिमालयन जनरल इन्स्योरेन्सको नाफा घटेपनि दाबी भुक्तानी ४५ प्रतिशत बढ्यो « Arthapath.com
२८ माघ २०७८, शुक्रबार

हिमालयन जनरल इन्स्योरेन्सको नाफा घटेपनि दाबी भुक्तानी ४५ प्रतिशत बढ्यो



काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १४.६३ प्रतिशत घटेर ५ करोड २२ लाख २० हजार रुपैयाँ अर्जान गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ६ करोड ११ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ६९.५४ प्रतिशत बढेर ८४ करोड ६७ लाख ३९ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षके सोही अवधमिा कम्पनीले ४९ करोड ९४ लाख २२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

पौष मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी ३ प्रतिशत बढेर १ अर्ब १० करोड ३ लाख ३७ हजार रुपैयाँ, जगेडा कोष २६ प्रतिशत घटेर २० करोड २१ लाख २९ हजार रुपैयाँ, बीमा कोष ८.८३ प्रतिशत बढेर ६४ करोड ३० ालख ९२ हजार रुपैयाँ र महाविपत्ती कोष ६२.९६ प्रतिशत घटेर १ करोड ९० लाख ९ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिसम्मा कम्पनीको लगानी, कर्जा अन्य आय १८.४२ प्रतिशत घटेर ७ करोड ६२ लाख ६७ हजार रुपैयाँमा सीमित भएको छ । गत आावको सोही अवधमिा कम्पनीको लगानी, कर्जा अन्य आय ९ करोड ३४ लाख ८३ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको अवधिसम्ममा व्यवस्थापन खर्च २५.६८ प्रतिशत बढेर ९ करोड ७७ लाख ३८ हजार रुपैयाँ र अभिकर्ता कमिशन १ करोड ४० लाख ८८ हजार रुपैयाँ रहेको छ ।

पौष मसान्तसम्ममा कम्पनीको खुद दाबी भुक्तानी ४४.७२ प्रतिशत बढेर ७८ करोड ७० लाख २० हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ५४ करोड ३८ लाख १० हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४९ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १७८.५४ रुपैयाँ र मूल्य आमदानी अनुपात ८१.०२ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्