प्रिमियर इन्स्योरेन्सको खुद बीमा शुल्क २१.९१ प्रतिशत बढ्यो, ईपीएस २८.९७ रुपैयाँ « Arthapath.com
२८ माघ २०७८, शुक्रबार

प्रिमियर इन्स्योरेन्सको खुद बीमा शुल्क २१.९१ प्रतिशत बढ्यो, ईपीएस २८.९७ रुपैयाँ



काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको भालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा १६.७२ प्रतिशत घटेर १५ करोड ५६ लाख ५९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १८ करोड ६९ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा कम्पनीको खुद बीमा शुल्क २१.९१ प्रतिशत बढेर ४६ करोड ९ लाख ८५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ८१ लाख ६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १७.३८ प्रतिशत बढेर १८ करोड ८३ लाख ६२ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १६ करोड ४ लाख ७१ हजार रुपैयाँ खुद दाबी भक्तानी गरेको थियो ।

पौष मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब ७ करोड ४५ लाख ६० हजार रुपैयाँ, जगेडा कोष ६२.१४ प्रतिशत बढेर ४६ करोड ६५ लाख ३६ हजार रुपैयाँ, बीमा कोष २०.७५ प्रतिशत बढेर ९१ करोड ६७ लाख ४५ हजार रुपैयाँ र महाविपत्ती कोष २९.९५ प्रतिशत घटेर ५ करोड ५ लाख ५७ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च ११ करोड ५१ लाख ६ हजार रुपैयाँ र अभिकर्ता कमिशन खर्च १ करोड ४२ लाख ११ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको ६ हजार ९२९ वटा दाबीवापत ३ अर्ब ८७ करोड ३१ लाख ८६ हजार रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ९७ पैसा रहेको छ । कम्पनीको प्रति शेयर नेटवर्थ २३३ रुपैयाँ ४३ पैसा रहेको छ भने मुल्य आम्दानी अनुपात ३९.७३ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्