प्रुडेन्सियल इन्स्योरेन्सको नाफासँगै खुद बीमा शुल्क पनि घट्यो, दाबी भुक्तानी ३१.७० प्रतिशत बढ्यो « Arthapath.com
२८ माघ २०७८, शुक्रबार

प्रुडेन्सियल इन्स्योरेन्सको नाफासँगै खुद बीमा शुल्क पनि घट्यो, दाबी भुक्तानी ३१.७० प्रतिशत बढ्यो



काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा ३.७६ प्रतिशत घटेर ७ करोड ७ लाख ८९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ७ करोड ३५ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा कम्पनीले खुद बीमा शुल्क १९.८९ प्रतिशत घटेर २६ करोड ६ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधमिा कम्पनीले ३२ करोड ५४ लाख ३१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३१.७० प्रतिशत बढेर १३ करोड ४५ लाख १ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १० करोड २१ लाख २२ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

पौष मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी ८ प्रतिशत बढेर १ अर्ब १० करोड ८५ लाख ४७ हजार रुपैयाँ, जगेडा कोष २५.९२ प्रतिशत बढेर ३० करोड २० लाख २९ हजार रुपैयाँ, बीमा कोष ०.२४ प्रतिशत घटेर ५७ करोड २३ लाख २५ हजार रुपैयाँ र महाविपत्ती कोष ६१.७० प्रतिशत घटेर १ करोड ९९ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको अभिकर्ता कमिशन १ कोड ८४ लाख १४ हजार रुपैयाँ र व्यवस्थापन खर्च ९ करोड ७८ लाख ५४ हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल बीमा शुल्क आर्जन ६७ करोड ९ लाख२० हजार रुपैयाँ रहेको छ भने कुल दाबी भुक्तानी ३२ करोड ८६ करोड ८७ लाख रुपैयाँ रहेको छ । कम्पनीको २ हजार ५७० वटा दाबी वापत ४७ करोड १४ लाख ३४ हजार रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७७ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ६८ पैसा रहेको छ भने मुल्य आम्दानी अनुपात ५८.३३ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्