राष्ट्रिय बीमा संस्थानको नाफा १२.१४ प्रतिशत बढ्यो « Arthapath.com
२८ माघ २०७८, शुक्रबार

राष्ट्रिय बीमा संस्थानको नाफा १२.१४ प्रतिशत बढ्यो



काठमाडौं । राष्ट्रिय बीमा संस्थानको चालु आर्थिक बर्षको दास्रो त्रैमासमा खुद नाफा १२.१४ प्रतिशत बढेर ३ करोड ४७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा संस्थानले २ करोड ६७ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा संस्थानको खुद बीमा शुल्क आर्जन ६.४१ प्रतिशत ६ अर्ब ४ करोड ६९ लाख ३७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा संस्थानले ५ अर्ब ६८ करोड २५ लाख ८३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा संस्थानको खुद दाबी भुक्तानी ३९.४२ प्रतिशत बढेर २ अर्ब १ करोड ३६ लाख ६४ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा संस्थानले १ अर्ब ४४ करोड ४२ लाख १५ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

संस्थानको अभिकर्ता कमिशन ९ करोड ५२ लाख ५३ हजार रुपैयाँ र व्यवस्थापन खर्च ११ करोड ३२ लाख ४३ हजार रुपैयाँ रहेको छ ।

पौष मसान्तसम्ममा संस्थानको चुक्ता पूँजी १८ करोड १० लाख २० हजार रुपैयाँ, जगेडा कोष २४.०५ प्रतिशत बढेर ३८ करोड ७८ लाख २५ हजार रुपैयाँ र जीवन बीमा कोष २०.२५ प्रतिशत बढेर ३८ अर्ब १४ करोड ४४ लाख ९० हजार रुपैयाँ रहेको छ ।

संस्थानको दीर्घकालिन कर्जा तथा लगानी २८.१८ प्रतिशत बढेर १२ अर्ब ७ करोड ७९ लाख १३ हजार रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्