सिद्धार्थ इन्स्योरेन्सको नाफा ३.०६ प्रतिशत बढेर ६० करोड ३४ लाख पुग्यो, ईपीएस २५.२१ रुपैयाँ « Arthapath.com
१ फाल्गुन २०७८, आईतवार

सिद्धार्थ इन्स्योरेन्सको नाफा ३.०६ प्रतिशत बढेर ६० करोड ३४ लाख पुग्यो, ईपीएस २५.२१ रुपैयाँ



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासा खुद नाफा ३.०६ प्रतिशत बढेर १४ करोड ११ लाख ५४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १३ करोड ६९ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ११.८२ प्रतिशत बढेर ६० करोड ३४ लाख ४६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५३ करोड ९६ लाख ५२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १३.१३ प्रतिशत बढेर ३३ करोड ४३ लाख २१ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले २९ करोड ५५ लाख ७ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको ९ हजार ११८ वटा दाबी वापत १ अर्ब ८९ करोड ७८ लाख ५४ हजार रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको ९ हजार ९५२ वटा दावी वापत १ अर्ब ६२ करोड २८ लाख २३ हजार रुपैयाँ भुक्तानी बाँकी रहेको थियो ।

कम्पनीको यस अवधिमा कुल बीमाशुल्क आर्जन १ अर्ब ३९ करोड ३७ लाख ९८ हजार रुपैयाँ र कुल दाबी भुक्तानी ५८ करोड २५ लाख २९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको अभिकर्ता कमिशन गत आर्थिक बर्षमा १ करोड ८० लाख ९१ हजार रुपैयाँ रहेकोमा यस बर्ष १ करोड ६३ लाख ६ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको यस अवधिमा कम्पनीको व्यवस्थापन खर्च १५ करोड ८१ लाख १२ हजार रुपैयाँ रहेकोमा यस बर्ष १६ करोड ९० लाख १६ हजार रुपैयाँ रहेको छ ।

पौष मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १२ प्रतिशत बढेर १ अर्ब १२ करोड रुपैयाँ, जगेडा कोष ७.७२ प्रतिशत बढेर ४० करोड ६४ लाख ४६ हजार रुपैयाँ, बीमा कोष १९.३३ प्रतिशत बढेर १ अर्ब ७ करोड ४९ लाख ५७ हजार रुपैयाँ र महाविपत्ती कोष १९.०८ प्रतिशत घटेर ८ करोड ३५ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २५ रुपैयाँ २१ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २३९ रुपैयाँ ७३ पैसा रहेको छ भने मुल्य आम्दानी अनुपात ४०.०७ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्