आइएमई लाइफको नाफा ५.२६ प्रतिशत र खुद बीमा शुल्क आर्जन ३२.२६ प्रतिशत बढ्यो, ईपीएस कति ? « Arthapath.com
१ फाल्गुन २०७८, आईतवार

आइएमई लाइफको नाफा ५.२६ प्रतिशत र खुद बीमा शुल्क आर्जन ३२.२६ प्रतिशत बढ्यो, ईपीएस कति ?



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा ५.२६ प्रतिशत बढेर ७ करोड ७९ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ७ करोड ४० लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३२.२६ प्रतिशत बढेर १ अर्ब ५९ करोड ७६ लाख ६६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २० करोड ७९ लाख ६५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ८१.६१ प्रतिशत बढेर ३७ करोड ९६ लाख ५० हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले २० करोड ९० लाख ३८ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

गत आर्थिक बर्षको ६ महिनामा कम्पनीले २३ करोड २१ लाख ९४ हजार रुपैयाँ अभिकर्ता कमिशन दिएकोमा चालु आवमा २७ करोड ९० लाख ७६ हजार रुपैयाँ दिएको छ । कम्पनीको गत बर्ष २३ करोड ४४ लाख ६६ हजार व्यवस्थापन खर्च भएकोमा चालु आवको यस अवधिमा २३ करोड ६ लाख रुपैयाँ गरेको छ ।

यस अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन १ अर्ब ६३ करोड ६६ लाख ५१ हजार रुपैयाँ र कुल दाबी भुक्तानी ४० करोड २४ लाख ९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको हालसम्मको कुल बीमा शुल्क आर्जन ७ अर्ब २८ करोड ६६ लाख ५६ हजार रुपैयाँ रहेको छ भने हालसम्मको कुल दाबी भुक्तानी १ अर्ब ८ करोड ३० लाख ३० हजार रुपैयाँ गरेको छ ।

कम्पनीमा हाल कायम बीमालेखको संख्या २ लाख १५ हजार ५५० वटा छ । कम्पनीको पौष मसान्तसम्ममा हालसम्म भुक्तानी हुन बाँकी रकम २१ लाख रुपैयाँ मात्रै रहेको छ ।

पौष मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ, जगेडा कोष ३७.५० प्रतिशत बढेर ५८ करोड ७१ लाख ९७ हजार रुपैयाँ, जीवन बीमा कोष १७४ प्रतिशत बढेर ३ र्ब ८७ करोड ९१ लाख ३८ हजार रुपैयाँ र महाविपत्ती कोष ५ करोड ९२ लाख १ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ १४ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ १७ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्