एशियन लाइफको १८.०७ प्रतिशत नाफासँगै ईपीएस पनि घट्यो

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १८.०७ प्रतिशत घटेर १४ करोड ४२ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १७ करोड ६० लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक बर्षको ६ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ८.२१ प्रतिशत बढेर ३ अर्ब ३९ करोड ३९ लाख ६९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब १३ करोड ६२ लाख ७५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ७९.६९ प्रतिशत बढेर ७६ करोड ८४ लाख ९१ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ४२ करोड ७६ लाख ७९ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
पौष मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड ७ लाख ६० हजार रुपैयाँ, जगेडा कोष ३३ प्रतिशत बढेर ९६ करोड ३२ लाख ७४ हजार रुपैयाँ, जीवन बीमा कोष १८.८८ प्रतिशत बढेर २९ अर्ब ३७ करोड ९८ लाख ९५ हजार रुपैयाँ र महाविपत्ती कोष ११ करोड ८७ लाख ५७ हजार रुपैयाँ रहेको छ ।
कम्पनीले अभिकर्ता कमिशन वापत ४३ करोड ३२ लाख ९५ रुपैयाँ र व्यवस्थापन खर्च ७.०३ प्रतिशत बढेर २७ करोड २० लाख ७५ हजार रुपैयाँ गरेको छ । कम्पनीमा हाल कायम रहेको बीमालेखको संख्या ३ लाख ४५ वटा रहेका छन् ।
समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ १६ पैसा घटेर १४ रुपैयाँ ३५ पैसामा सिमित भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५१ पैसा रहेको थियो । कम्पनीको प्रतिेशयर नेटवर्थ १५३ रुपैयाँ ८१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९०.५४ गुणा रहेको छ ।