हिमालयन जनरल इन्स्योरेन्सको सिइओमा बिजय बहादुर शाह नियुक्त

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा बिजय बहादुर शाह नियुक्त भएका छन् ।
कम्पनीको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई आजदेखि लागु हुने गरी चार वर्षका लागि नियुक्त गरेको हो ।
शाह गत साउनमा नेपाल इन्स्योरेन्स कम्पनीबाट बाहिरिएका थिए । संस्थागत सुशासन निर्देशिका अनुसार उनको कुलिङ पिरियड ६ महिना सकिए पछि बीमा समितिले उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिका लागि अनुमति दिएको हो ।
शाह नेपाल इन्स्योरेन्स भन्दा पहिला एनएलजीमा दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृत भएका थिए ।