६ महिनामा जीवन बीमाको ब्यापार ७१ अर्ब, नेपाल लाइफलाई पछ्याउँदै एलआइसी र नेशनल लाइफ « Arthapath.com
२ फाल्गुन २०७८, सोमबार

६ महिनामा जीवन बीमाको ब्यापार ७१ अर्ब, नेपाल लाइफलाई पछ्याउँदै एलआइसी र नेशनल लाइफ



काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनामा जीवन बीमा कम्पनीहरुले ७० अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ६ महिनामा ७० अर्ब ९१ करोड ३९ लाख ६२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

बीमा समितिको तथ्याङ्क अनुसार १९ जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै कुल बीम शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यस अवधिमा नेपाल लाइफले १८ अर्ब ३९ करोड ८ लाख ५१ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआइसी) नेपालले ८ अर्ब ३९ करोड २१ लाख ६ हजार रुपैयाँ, नेशनल लाइफ इन्स्योरेन्सले ६ अर्ब ८० करोड २७ लाख ७६ हजार रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ९ करोड ८७ लाख ८५ हजार रुपैयाँ, यनियन लाइफ इन्स्योरेन्सले ४ अर्ब १२ करोड ४८ लाख ७८ हजार रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सले ३ अर्ब ४६ करोड ४५ लाख १३ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै, सबैभन्दा कम कुल बीमा शुल्क आर्जन गर्नेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । महालक्ष्मी लाइफले ६९ करोड ५३ लाख ३० हजार रुपैयाँ, प्रभु लाइफ इन्स्योरेन्सले १ अर्ब ४ करोड ५८ लाख ४१ हजार रुपैयाँ, सानिमा लाइफ इन्स्योरेन्सले १ अर्ब १७ करोड ८५ लाख ५६ हजार रुपैयाँ, रिलायन्स लाइफले १ अर्ब ४३ करोड ३० लाख ११ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

बीमा समितिको तथ्याङ्क अनुसार पौष महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले १२ अर्ब ७८ करोड ४५ लाख ६६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । पौष महिनामा पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क २ अर्ब ९४ करोड ९ लाख ४५ हजार रुपैयाँ आर्जन गरेको छ । त्यस्तै, लाइफ इन्स्यारेन्स कर्पाेरेशन नेपालले १ अर्ब ८० करोड ४० लाख ९३ हजार रुपैयाँ र नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब १५ करोड ४९ लाख ५१ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्